काठमाण्डौ । नेपाल अर्बुद रोग निवारण संस्थाले यो वर्षको उत्कृष्ट पत्रकारिता पदक नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य गोपाल बराइलीलाई प्रदान गरेको छ ।
सो संस्थाको ३६ औं बार्षिकोत्सवको अवसर पारेर केन्द्रिय सदस्य बराइलीलाई उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादव र संस्थाका अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठ इश्वरले अर्बुद रोग उत्कृष्ट पत्रकारिता पदकबाट सम्मान गरे । धनकुटाका बराइली निशान न्युज डटकमका सम्पादक हुन् ।
संस्थाले २०६७ देखि अर्बुद रोग उत्कृष्ट पत्रकारिता पदक प्रदान गर्दै आएको छ । यसअघि पदमराज जोशी, दानदास श्रेष्ठ, इश्वरकाजी खाइजु, अतुल मिश्र, नारायण किलम्बु, उद्धपराज भेटवाल र सन्तोषी अधिकारीलाई प्रदान गरेको थियो ।