काठमाण्र्डौ । नर्स भन्नासाथ धेरैले सम्झन्छन्, यो महिलाको पेशा हो । यस्तो सम्झनु स्वभाविक पनि छ, किनभने सबैजसो अस्पतालमा नर्सहरु महिला नै हुन्छन् ।
संसारभरि महिला नर्सकै संख्या अधिक छ । तर विदेशमा थोरै संख्यामा भए पनि पुरुषले पनि नर्सिङ विषय पढेर बिरामीको सेवा गरिरहेका छन् । नेपालमा पनि केही समयदेखि प्रश्न उठ्न थालेको थियो, नर्स बनेर सेवा गर्न पुरुषले किन नपाउने रु के नर्स भनेको महिलाको मात्रै पेशा हो र अब नेपालमा पनि पुरुषहरुको नर्स बन्ने धोको पूरा हुने भएको छ । पुरुषले पनि नर्सिङ पढ्न पाउने गरी प्रशासनिक प्रक्रिया अघि बढाइएको छ । यो समाचार अन्नपूर्ण पोष्ट दैनिकमा छ ।