मंङसिर ४ । काठमाडौं, पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले स्थायी शान्तिको आधार असल परिवार भएको बताउनु भएको छ । शनिबार साँखुमा रहेको भाग्योदय माध्यामिक बिद्यालयमा आयोजित बैबाहिक प्रतिबद्धता तथा शुभआशिवाद समारोहलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री नेपालले नेपालको पारिबारिक मूल्यमान्यता जगेर्ना गर्नसके विश्वमानै अनुकरणीय हुने बताउनुभयो ।
हरेक मान्छेको मनमा शान्ति भए मात्रै देशमा शान्ति स्थापना गर्न सकिने जिकिर गदै परिवार असल भएमात्र समृद्ध राष्ट्रको बन्ने बताउनुभयो । रोगको उत्पति अशान्तिबाट हुने भन्दै नेपालको पारिवारीक मुल्य मान्यता बिश्वको नै उदारहणिय रहेको बताउनुभयो ।
नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले सबभन्दा पबित्र धर्म पति ब्रत र पत्नी ब्रत रहेहो भन्दै यो मान्यताको जननी सनातन हिन्दु धर्म भएको बताउनु भयो । “भौतिक बिलासिता भयपनी श्रीमान र श्रीमती बीच अबिश्वाश र घृणा छ भने यो परिवार सधै दुःखि हुन्छ तर सामान्य जिबन जियर पनि श्रीमान र श्रीमती बीच बिश्वाश र प्रेम छ भने यो परिवार सुखी हुन्छ “ अध्यक्ष ढकालको भनाई थियो । परिवार राम्रो बनाउनुको बिकल्प नरहेको भन्दै प्रेमलाई बलियो बनाउने आधार परिवार रहेको बताउनुभयो । उहाले भौतिक साधन श्रोत आबस्यक रहेपनि बिश्वाश, प्रेम र सहसम्मान जस्ता मान्यता बिर्सन नहुने भन्दै उपस्थीत ५०० दम्पतिहरुलाई आआफ्नो सम्बन्ध अनन्त सम्म मजबुत बनाई राख्ने प्रतिबद्धता जनाउन आग्रह गर्नु भयो ।
सांसद दिपक कुईकेलले शान्ति सम्पूर्ण नेपाली परिवार स्वस्थ रहेमात्र सम्बृद्ध नेपाल निर्माण हुन सक्ने भएकोले पारिबारिक शिक्षा र नैतिक मूल्य मान्यतालाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।
बिश्व शान्ति तथा एकिकृत परिवार संघ नेपालका अध्यक्ष सन्तोष कुमार पौडेलले एकले अर्काको सम्मान गर्ने संस्कृतिको बिकास गनुपर्नेमा जोड दिए । कार्यक्रममा कोरियाको प्रशिद्ध पत्रिका सेगे टाइम्स्का अध्यक्ष, समाजसेवी एल.पी. श्रेष्ठ लागयतले बोलेका थिए । युनिर्भसल पीस फेडेरेसन एशियाका शान्ति शिक्षा निर्देशक डा.रोर्बट एस किट्टेलले पारिवारीक मुल्य मान्यता सम्बन्धी सहभागिहरुलाई प्रशिक्षण दिएका थिए ।
जिेतन्द्र श्रेष्ठको संयोजकत्वमा भएको भएको कार्यक्रममा समाजमा बिभिन्न क्षेत्रमा उत्कृष्ठ योगदान गरेका बिभिन्न पाँच जनालाई शान्तिदुत सम्मान प्रदान गरिएको थियो । काशिनाथ खनालले संञ्चालन गरेको कार्यक्रमा स्थानिय साँस्कृतिक समुहले सांस्कृतिक प्रस्तुति समेत प्रस्तुतगरी सहभागिहरुलाई मनोरञ्जन प्रदान गरेका थिए ।