छुट अस्थायि करार शिक्षकहरु आन्दोलित

प्रकासित मिति: १५ पुष २०७५, आईतवार १६:२३

७७ जिल्लाका ५०० शिक्षकले निकाले बिरोध र्यालि

काठमाण्डौ । अस्थायि करार शिक्षकहरु देश भर करिब १३ हजारको संख्यामा रहेको र १३ हजार शिक्षकको खुल्ला बिज्ञापनको नतिजा प्रकाशन भए संगै १३ हजार करार शिक्षकलाई सरकारले खालि हात बिदा गर्न लागे भन्दै अस्थायि करार शिक्षकहरु आन्दोलित भएका छन् । देश भरिका ७७ जिल्लका करिब ५०० शिक्षकको उपस्थितिमा माईतिघरमण्डलाबाट बानेश्वर सम्म बिरोध र्यालि निकालेका छन् ।

बानेश्वरमा भएको कोण सभालाई सम्बोदन गर्दै छुट अस्थायि करार शिक्षक केन्द्रीय संघर्ष समिति अध्यक्ष हरिबंश पराजुलीले नेपाल शिक्षक महासंघ र शिक्षा मन्त्रालय ले करार शिक्षकलाई संघिय शिक्षा ऐनमा आन्तरिक परिक्षा ब्यबस्था नगरे देश भरका सामुदायिक बिद्यालय अनिस्चितकालिन ठप्प पार्ने चेतावनि दिए । आन्दोलन का कार्यक्रम अन्तरगत भोलि शिक्षा तथा मानबस्रोत बिकास केन्द्रमा बिरोध जुलुस तथा धर्ना रहेको जनकारि दिए ।

२०७२र६र२ पछि नियुक्त अस्थायि करार शिक्षकहरु देश भर करिब १३ हजारको संख्यामा रहेको र १३ हजार शिक्षकको खुल्ला बिज्ञापनको नतिजा प्रकाशन भए संगै १३ हजार करार शिक्षकलाई सरकारले खालि हात बिदा गर्न लागेको छ । शिक्षा ऐनको आठौ संसोधनले २०६१.४.२२ देखि२०७२.६.२ सम्म नियुक्ति लिएका करिब २६ हजार शिक्षकलाई ४९ प्रतिशत आन्तरिक र ५१ प्रतिशत खुल्ला साथै परिक्षामा सहभागि हुन नचाहानेलाई गोल्डेन हेन चेकको ब्यबस्था गरेको थियो । तर फेरि अस्थायि शिक्षक संघर्घ समितिको आन्दोलनको आन्दोलनको बलमा २०६१.४.२२ देखि२०७२.६.२ सम्म नियुक्त अस्थायि शिक्षकलाई आन्तरिक प्रतिस्पर्धा मात्र र २०६७.१०.१० देखि २०७३.१२.१९ सम्म नियुक्त करार शिक्षकलाई ६० प्रतिशत आन्तरिक र ४० प्रतिशत खुल्ला गर्ने गरि सहमति भएको र मन्त्रिपरिषद्बाट पास भएर शिक्षा ऐन २०२८ को नबौ संसोधन प्रस्तावमाथि संसदबाट छलफलको लागि समेत पारित भएको तर पछि संसद बाट पास हुने बेलामा नबौ ऐनमा २०६१.४.२२ देखि२०७२.६.२ सम्म नियुक्ति लिएर अभिछिन्न २०७३र३र१५ सम्म काम गरेका अस्थायी शिक्षकलाई ७५ प्रतिशत आन्तरिक र २५ प्रतिशत खुल्ला हुने गरि बिभेद पुर्ण र जालझेल पुर्वक नबौ ऐन पारित गरियो र अनउत्तिर्णलाई र परिक्षामा सहभागि नहुने लाई गोल्डेन हेन चेकको ब्यबस्था समेत गरियो तर बिडम्बना २०७२र६र२ देखि २०७३र१२र१९ सम्म नियुक्त लिएका करार शिक्षकले आन्तरिक परिक्षा र गोल्डन हेन चेक दुबै पाएनन् । नेपालको संबिधानको धारा १८ मा समनताको हक र धारा ३३ मा रोजगारिको हक दुबैको उलङ्गन गरियो । अन्तर्राष्ट्रिय अभिसन्धि मा ६ महिना भन्दा बढि करार नियुक्ति पाएका मजदुर तथा कर्मचारी लाई स्थायिको प्रकृयामा लानु पर्ने कुरा उल्लेख छ त्यस्मा नेपाल सरकारले हस्ताक्षर गरेको छ त्यस्लाई पनि बेवास्ता गर्दै नेपाल सरकार तथा शिक्षामन्त्रालयले करार शिक्षक माथि अन्यय गरेको छ यसको हामि छुट अस्थायि करार शिक्षक केन्द्रीय संघर्ष समिति नेपाल घोर भत्र्सना गरेको छ ।
यस्ता छन् आन्दोलनका कार्यक्रम

पौष १६ गते शिक्षा तथा माबश्रोत बिकास केन्द्रमा घेराउ तथा ध्यानाकर्षण पत्र दिने
१७ गते बृहत् शैक्षिक अन्तरकृया गर्ने
यि कार्यक्रमबाट पनि हाम्रो माग प्रति सम्बन्धित निकायले ध्यान नदिएमा बिद्यालय बन्द र आमरण अनशन लगाएतका कार्यक्रम गर्ने

Bhansar Bivag
Argakhachi Cement