२५ वैशाख, काठमाडौं । पूर्वमन्त्रीतथा इन्टरनेशनल अशोशियसन अफ पर्लियामेन्टरियन फर पिस आइएपिपिएशियाका अध्यक्ष एकनाथ ढकालले राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना संग भेट गर्नु भएको छ । सिंहदरवार स्थित अध्यक्ष तिमिल्सिनाको कार्य कक्षमा भएको भेटमा एशिया प्रशान्त क्षेत्रको शान्ति, सुरक्षा तथा दिगो बिकासको लागि सांसदहरुको सहभागिताको बारेमा छलफल भएको ढकालको सचिवालयले जनाएको छ । भेटमा ढकालले आइएपिपि को राष्ट्रिय तथा अन्तराष्ट्रिय गतिबिधिको बारेमा अध्यक्ष तिमिल्सिनालाइ अबगत गराउनु भएको थियो । अध्यक्ष तिमिल्सिनाले नेपालको आर्थिक उन्नतिको बाटोमा सबैको सदभाब आबस्यक रहेको बताउदै नेपालका सांसदहरुले आइएपिपि मा सक्रिय सहभागिता जनाएर देशको गरिमा उच्च राख्ने बिश्वाश ब्यक्त गरे । गत बर्ष आइएपिपि एसियाको अध्यक्षमा निर्बाचित ढकाल एशिया प्रशान्त क्षेत्रको शान्ति, शुशासन, सुरक्षा तथा विकास लगायतको बिषयमा विभिन्न राष्ट्रका संसद तथा सांसदहरु बीच साझेदारी विकास गर्न सक्रिय हुनुहुन्छ ।