८ जेठ, ढाका । एशिया प्रशान्त क्षेत्रको शान्ति, शुशासन, सुरक्षा तथा विकास लगायतको बिषयमा विभिन्न राष्ट्रका संसद तथा सांसदहरु बीच साझेदारी विकास गर्न सक्रिय पूवमन्त्री तथा इन्टरनेशनल अशोशियसन अफ पर्लियामेन्टरियन फर पिस आइएपिपि एशियाका अध्यक्ष एकनाथ ढकालले बंगलादेशको संसदकी सभामुख शिरिन शर्मिन चौधरी संग भेट बार्ता गर्नु भएको छ । ढाका स्थित संसद भवनमा सभामुखको कार्यकक्षमा भएको भेटमा एशिया प्रशान्त क्षेत्रको स्थायी शान्ति र संमृद्धिको खांतिर सरकार, संसद तथा नागरिक समाज बिचको सहकार्यको बारेमा कुरा भएको भेटमा सहभागी ढकालका सहयोगी टिका राज बिश्वकर्माले जानकारी दिए। भेटमा दुर्इ मित्र राष्ट्रको आपसी हितको बारेमा पनि कुरा भएको थियो । पूर्व मन्त्री ढकालले फिजीमा हुन गैरहेको आइएपिपि एसिया प्यासिफिकको शिखर सम्मेलनमा सहभागिताको लागि सभामुख चौधरीलाइ निमन्त्रणा पनि दिएका थिए । भेटमा बंगलादेशको कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अनिसुल हक र सांसद काजि फिरोज राशिद पनि सहभागी थिए ।