आइएपिपि एसियाका अध्यक्ष ढकाल र आइक्यापका सस्थापक अध्यक्ष डेभेनेसिया भटवार्ता

प्रकासित मिति: १ बैशाख २०७५, शनिबार ११:२५

१ वैशाख, मनिला । फिलिपिन्सको भ्रमणमा रहेका पूर्वमन्त्री तथा इन्टरनेशनल अशोशियसन अफ पर्लियामेन्टरियन फर पिस आइएपिपि एशियाका अध्यक्ष एकनाथ ढकालले फिलिपिन्स संसदका पूर्व सभामुख तथा इन्टरनेशनल कन्फेरेन्स अन एशियन पोलिटिकल पार्टीज आइक्यापका सस्थापक अध्यक्ष जॊसे डेभेनेसिया संग भेट बार्ता गरेका छन् ।
शनिबार मनिला स्थित पूर्व सभामुख डेभेनेसियाको सचिवालयमा भएको भेटमा एशिया प्रशान्त क्षेत्रको शान्ति, सुरक्ष तथा दिगो बिकासको बारेमा छलफल भएको पूर्वमन्त्री ढकालको सचिवालयले जनाएको छ । दुइ नेताहरु बीच एशिया प्रशान्त क्षेत्रको समिट कन्फेरेन्स २०१८ भित्रमै नेपाल तथा फिजीमा आयोजना गर्न सम्बन्धित राष्ट्रको सरकार तथा संसदसंग कुरा गर्ने बारेमा पनि छलफल भएको छ । भेटमा कोरियन प्रायद्दिपको शान्तिको बारेमा पनि कुरा भएको थियो । गत बर्ष आइएपिपि एसियाको अध्यक्षमा निर्बाचित ढकाल एशिया प्रशान्त क्षेत्रको शान्ति, शुशासन, सुरक्षा तथा विकास लगायतको बिषयमा मित्र राष्ट्रहरुबीच साझेदारी विकास गर्न सक्रिय छन् ।

Bhansar Bivag
Argakhachi Cement