आफूहरुको सहमतिबिनाको संविधान संशोधन मान्य नहुने ः अध्यक्ष ठाकुर

प्रकासित मिति: २७ कार्तिक २०७३, शनिबार १५:५८

लहान, तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफूहरुको सहमतिबिनाको संविधान संशोधन मान्य नहुने बताउनुभएको छ ।

आज साँझ सिरहाको लहान आइपुग्नुभएका अध्यक्ष ठाकुरले पत्रकारहरुसँग कुराकानी गर्दै सहमति नलिई संविधान संशोधन भए आफूहरु आन्दोलनमा जाने बताउनुभयो ।

संविधान संशोधनको मस्यौदा तयार भइसकेको प्रधानमन्त्रीबाट फोनमार्फत जानकारी प्राप्त भएको बताउँदै उहाँले सरकारले ल्याउन लागेको संविधान संशोधनको मस्यौदाको ‘कन्टेन्ट’को बारेमा हालसम्म मधेसी मोर्चासँग कुनै छलफल नभएको दाबी गर्नुभयो ।

सरकारको बोली र व्यवहार फरक देखिने गरेको आरोप लगाउँदै अध्यक्ष ठाकुरले सरकार र मधेसवादी दलबीच भएको तीनबुँदे सम्झौताअनुसार संविधान संशोधन हुनुपर्नेमा जोड दिनुभयो ।

Bhansar Bivag
Argakhachi Cement