पोखरा । नेपाल सरकारले तय गरेको ‘सुखी नेपाली, समृद्ध नेपाल भन्ने नारालाई सार्थकता प्रदान गर्नका लागि पारिवारिक मूल्य–मान्यता र असल संस्कारलाई बढावा दिनआ–आफनो जोडीसहित कार्यक्रममा उपस्थित भएर ४ नं प्रदेशका महानगरपालिका, उप–महानगरपालिका, नगरपालिका र गाउँपालिकाका प्रमुख तथा उप–प्रमुखहरूको एकदिने सम्मेलन सम्पन्न भएको छ ।
प्रदेश भित्र रहेका नगरपालिका तथा गाउँपालिका प्रमुख, उप–प्रमुखहरूको सहभागिता रहेको कार्यक्रमको उद्घाटन गण्डकी प्रदेशकाका मुख्यमन्त्री पुथ्वी सुब्बा गुरुङ गरे । उद्घाटन पश्चात बोल्दै आफनो क्षेत्रको बिकासमा लाग्न स्थानीय निकायका प्रमुख उपप्रमुखहरुलाई आग्रह गरे ।
गण्डकी प्रदेशका भौतिक पूर्वाधार बिकास मन्त्री रामशरण बस्नेत हुनुहुन्थ्यो । सम्मेलनमा कानुन बिज्ञ गोबिन्द बन्दीले संविधान र नयाँकानुनको कार्यान्वयनका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभयो । त्यस्तै गरी आफ्नो नगरपालिका र गाउँपालिकामा कुन किसिमको विकासको नमुना अभ्यास गर्ने भन्ने विषयमा प्रा.डा चन्द्रमणी अधिकारीले आफ्नो कार्यपत्र प्रस्तुत गर्नुभयो । जनप्रतिनिधिहरूको नेतृत्व विकास तथा क्षमता कसरी अभिवृद्धि गर्ने र विवाह एव ंपारिवारिक सम्बन्धलाई सुमधुर कसरी बनाउने भन्ने बारे अन्तर्राष्ट्रिय विज्ञ डा. रोर्बट एस किट्टेलले कार्यपत्र प्रस्तुत गर्नुभयो ।
सम्मेलनमा उपस्थित सम्पूर्ण प्रदेशका स्थानीय निकायका प्रमुखहरूले स्थानीय तहको विकास र समृद्धिको उद्देश्यले‘शान्तिका लागि नगर प्रमुखहरूअन्तर्राष्ट्रिय संगठनस्थापना गर्ने विषयमा ऐक्यबद्धता जनाई घोषणा–पत्रजारी गरियो । सम्मेलनको आयोजना संयुक्त राष्ट्र संघमा आवद्ध संस्थायुनिर्भसल पीस फेडेरेसन र सांसदहरूको अन्तर्राष्ट्रिय मञ्चले संयुक्त रुपमा गरेका थिए । पोखरा महानगरपालिकाका प्रमुख मान बहादुर जि.सी को सभापतित्वमा भएको सम्मेलनमा गण्डकी प्रदेश सांसद राजीव पहाडी, पुस्पा केसी, युपीएफ एशिया प्रसान्त क्षेत्रका उपाध्यक्ष डा.लेक पूर्व सांसद मिलन कुमारी राजबंशी, बिश्व शान्ति तथा एकिकृत परिवार संघ नेपालका अध्यक्ष सन्तोष कुमार पौडेल लगायतले बोलेका थिए ।
सम्मेलनमा आयोजक संस्थाका प्रदेश संयोजक प्रकाशबाबु थापाले सम्मेलन फलदायी भएको बताउँदै अहिलेको समय सापेक्ष स्थानीय तहका लागि आवश्यक समेत महसुस गरिएको जानकारी दिनुभयो । यसबाट सबै सहभागीहरूलाई आफ्नो क्षेत्रको विकास कार्यमा लाग्न र संविधानको कार्यान्वयनमा उत्सुकता बढेको समेत उहाँको भनाइ थियो ।
सम्मेलनमा सिंगो मानव जातिले विश्वव्यापी रुपमाभोग्नुपरेका गम्भीर चुनौतीहरूको समाधानका बारेमा छलफल गरिएको थियो । सम्मेलनको सफलताका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना सन्देश समेत पठाउनु भएको थियो ।