आमाबाबुबिहिन प्रेम भन्छन् ः मेरो हात जसरी पनि निको पार्नुप¥यो

प्रकासित मिति: २५ कार्तिक २०७३, बिहीबार ०६:४६

(हेमन्त केसी)
जाजरकोट,  दुधे उमेरमा आमाबाबा गुमाएका प्रेम सिंह विद्यालयको पढाइ र घरको काम गर्दागर्दै हात भाँचिएपछि हैरान भएका छन् । ११ वर्षीय प्रेमसँग अहिले उपचार गर्ने पैसा पनि छैन, न त उनीसँग सहयोग गर्ने आमाबाबा नै छन् ।

जाजरकोटको डोल्पा जिल्लासंग सिमाना जोडिएको भगवती गाविस–८ को निकै विकट बस्ती औलगुत्तामा उनी जन्मिएका हुन् । उनी जन्मेको एक वर्ष नबित्दै २०६३ भदौ १० गते उनकी आमा रुपसरी सिंहको पखालाले मृत्यु भयो । बाबा तिलक सिंह उपचारकै अभावमा २०६९ माघ १५ गते मृत्यु भएको घाइते बालक प्रेम बताउँछन् । आमाबाबु वितेपछि उनी काका रामबहादुर सिंहसंगै बस्दै आएका छन् । काका रामबहादुरको पनि आर्थिक अवस्था राम्रो छैन ।

बालक प्रेमको बिदाको समयमा आफ्नो जग्गा जोत्दै गर्दा गोरुले हानेर हात भाँचिएको थियो । गत असोज २ गते उनको हात भाँचिए पनि आर्थिक स्रोत नहुँदा उपचार हुन सकेको छैन ।

सबै साथी अहिले घर नजिकैको श्री भगवती निम्न माध्यमिक विद्यालयमा पढ्न जान्छन् । उनी भने घरको काम पनि गर्न सक्दैनन्, विद्यालय पनि जान नसक्ने अवस्थामा छन् । उनी अहिले कक्षा ५ मा पढ्ने विद्यार्थी हुन् । “विद्यालय गएर लेख्न नसक्ने भएपछि किन विद्यालय जानु ? सबैले हेप्छन्, आमाबाबा छैनन् कसले तँलाई उपचार गर्छ ? भनेर साथीहरु हेप्छन्”, प्रेमले रुँदै भने ।

“एकजना भिनाजु हुनुहुन्छ खगेनकोटमा, कहिलेकाहिँ उहाँको घरमा जान्छु र केही पैसा ल्याएर खर्च गर्छु”, प्रेमले भने । “जन्मदर्ता नै छैन प्रेमको, कसले गरिदिन्छ र ?” उनका भिनाजु लक्ष्मण सिंह भन्नुहुन्छ ।

उनको हात देखेर हैरान हुन्छ, गाउँका काका, दाजुभाइले कावरी लगाऊ भन्छन्, हात बिग्रेला भनेर लगाउन दिएको छैन, लक्ष्मणले भन्नुभयो ।

“आमाबाबाको फोटो हेरेरै बिहान, बेलुका रुन्छु, आज राति बाबा सपनामा आएर अस्पताल लानुभएको थियो । पत्रकार दाइ, मलाई सहयोग गर्नुप¥यो, म तपाईंको घरमा नै बसौँला बरु”, उनी भन्छन्, “मेरो हात जसरी पनि निको बनाउनु प¥यो ।”

Bhansar Bivag
Argakhachi Cement