उत्साहपूर्ण मतदान, ७० प्रतिशत मत खस्यो

प्रकासित मिति: १४ असार २०७४, बुधबार १५:३५

प्रदेश नम्बर १, ५ र ७ का ३३४ स्थानीय तहका मतदाताहरुले वर्षाका बावजुत उत्साहपूर्ण रुपमा मतदानमा सहभागिता जनाएका छन् ।निर्वाचन आयोगका अनुसार ७०.५ प्रतिशत मत खसेको छ । यो पहिलो चरणको तुलानामा साढे २ प्रतिशत कम हो । तर, मध्य वर्षामा भएको चुनावमा ७०.५ प्रतिशत मत खस्नु निकै उत्साहपूर्ण भएको आयोगले जनाएको छ ।

आयोगका अनुसार सबैभन्दा धेरै मत बाजुरामा खसेको छ । त्यहाँ ८० प्रतिशत मत खसेको छ । सबैभदा कम भोजपुरमा ६१ प्रतिशत मत खसेको छ ।

राजनीतिक दलहरुको झडपका कारण केही मतदान केन्द्रमा मतदान स्थगित भएको छ ।

सोलुखुम्बुको नेचा गाउँपालिकाको तिङ्ला गाउँमा भने एक भोट पनि खसेन । नवलपरासीको एउटा मतदान केन्द्रमा २ मत मात्र खसेको छ । स्थानीय तह पुनर्संरचनाप्रति असन्तुष्टि जनाउँदै स्थानीयले चुनावमा सहभागिता नजनाएका हुन् ।

प्रमुख निर्वाचन आयुक्तले जनादेश अब मतपेटिका संकलित भइसकेको भन्दै मतादेश सम्मान गर्न उम्मेदवारहरुलाई हार्दिक अपील गरेका छन् । उनले भने, ‘उत्तेजनामा नआउने र संयमता अपनाउन अपील निर्वाचन आयोग आग्रह गर्दछ ।’

निर्वाचन आयोगका अनुसार मतपेटिका संकलनपछि आवश्यक तयारी गरेर मत गणना सुरु हुनेछ । प्रमुख आयुक्त यादवले भने, ‘उच्च सर्तकता अपनाएर मत गणना सुरु गर्नुपर्छ ।

Bhansar Bivag
Argakhachi Cement