उप निर्बाचनमा भाग लिने परिवार दलको निर्णय

प्रकासित मिति: १७ भाद्र २०७६, मंगलवार १७:१७

काठमाण्डौ । नेपाल परिवार दलले मङ्सिर १४ गते हुने उप निर्बाचनमा भाग लिने भएको छ । दलका अध्यक्ष एकनाथ ढकालको अध्यक्षतामा आज काठमाडौँमा बसेको केन्द्रिय कार्य सम्पादन समितिको बैठकले उप निर्बाचनमा सहभागी हुन दल दर्ता गर्ने निर्णय गरेको दलका प्रबक्ता सन्तोष कुमार पौडेलले जानकारी दिए । सरकारले केहि समय अघि रिक्त रहेको विभिन्न जन निर्बाचित पदहरुको उप निर्बाचनको लागि मङ्सिर १४ गतेको मिति घोषणा गरेको थियो । निर्बाचन आयोगले पनि उप निर्बाचनमा सहभागी हुन इच्छुक दलहरुलाई दर्ताको लागि आह्वान गरिसकेको छ । संबिधान सभामा २ सिट रहेको नेपाल परिवार दलले पछिल्लो निर्बाचनमा बाम गठबन्धनलाई सघाएको थियो । परिवार दलको बैठकले सुर्खेत जिल्लामा रहस्यमय तरिकाले नेपालको राष्ट्रिय जनाबार गाई ठुलो संख्यामा मृत फेला परेको बारे छानबिन गरि दोषीलाई कारबाही गर्न सरकार सँग माग गर्ने निर्णय समेत गरेको दलका महामन्त्री बिनोद डाँगीले जानकारी दिए। परिवार दलले विभिन्न चाडपर्बको अबसरमा शुभकामाना आदानप्रदान कार्यक्रम गर्न पनि प्रदेश तथा जिल्ला समितिहरुलाई निर्देशन दिने समेत निर्णय गरेको छ ।

Bhansar Bivag
Argakhachi Cement