काठमाडौं–रक्तदान गरेर १ सय किलोमिटर साइकल यात्रा । त्यसमाथि बन्जी जम्प पनि । पोखराका प्रख्यात साइकल यात्री जितेन्द्रमान शाक्यले यस्तो साहसिक काम एकै दिन सम्पन्न गरेका छन् ।
साइकल यात्रामै रमाउँदै आएका शाक्यले राजधानीको बालकुमारीस्थित ब्लड बैंकमा बुधबार विहान रक्तदान गरेर साइकल यात्रा सुरु गरेका थिए । उनको यात्रा १ सय किलोमिटर टाढाको भोटेकोशीस्थित द लास्ट रिसोर्टमा टुंगिएको थियो । दिउँसो उनले बन्जीजम्प समेत गरे । एकै दिन रक्तदान, साइकल यात्रा र बन्जीजम्प गरेर उनले अनौठो साहसिक रेकर्ड कायम गरेका छन् ।