एक वर्षदेखि घरमै बाँधेर राखेको अवस्थामा वृद्धाको उद्धार

प्रकासित मिति: २५ जेष्ठ २०७४, बिहीबार १३:३२

काठमाडौँ, २५ जेठ । मानसिक सन्तुलन गुमाएपछि एक वर्षदेखि घरमै बाँधेर राखिएकी टोखा नगरपालिका वडा नं ७ की करिब ६५ वर्षीया कान्छी तामाङलाई उद्धार गरिएको छ ।

प्राप्त सूचनाका आधारमा महिला बालबालिका कार्यालयलगायतका सङ्घसंस्था मावनअधिकारकर्मी, सामाजिक अभियन्तासहितको टोलेले आज उद्धार गरी मानव सेवा आश्रमलाई जिम्मा लगाएको हो ।

“मानसिक अवस्था गुमाएपछि भाग्ने डरले एक वर्षदेखि परिवारले कुर्चीमा डोरीले बाँधेर राख्दै आएका थिए, दिसापिसाब पनि बसेकै ठाउँमा गराउँदै आएका छन्” – तामाङकी छिमेकी वसन्ती रानाभाटले भन्नुभयो । उद्धारका लागि टोली त्यहाँपुग्दा तामाङको घरमा कोही नभएपछि टोलीले वडाध्यक्ष र स्थानीयवासीको सहभागितामा उद्धार गरेको हो ।

मानवअधिकारकर्मी दुर्गानाथ दाहालले परिवारको आर्थिक अवस्था कमजोर भएपछि उपचार गर्न समस्या भएका कारण घरमै बाँधेर राखिएको हुँदा आफूहरूले उद्धार गरेको बताउनुभयो ।

Bhansar Bivag
Argakhachi Cement