बैशाख ६ काठमाण्डौं । एटुजेड खबर डिजीटल पत्रिकामा संञ्चालक प्रदिप कडेल बैबाहिक बन्धनमा बाधिएका छन् । यहि बैशाख ५ गते बुधबार प्रदिपले चितवन भरतपुर चौबीसकोटी निबासी सरिता सापकोटासँग बिबाह गरेका हुन् ।
चितवनमा भएको बैबाहिक कार्यक्रममा संञ्चालक प्रदिपले केही नजिकका साथिभाई तथा आफन्तको माझमा बिबाह सम्पन्न गरेका थिए । प्रदिप पत्रकारिताको अलवा कानुन ब्यबसायमा समेत आवद्ध छन् । सामाजिक क्षेत्रमा समेत उतिकै सक्रिय प्रदिपले बिबाहको पार्टी भने बिहिबार सिद्धार्थ कटेज धोबिघाट ललितपरमा दिएका थिए । दुबैलाई एटुजेड खबर परिवारको तर्फबाट सफल दाम्पत्य जीवनको शुभकामना ।