नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच बिहीबार नै पार्टी एकताको तयारी भइरहेको छ। यस विषयमा छलफल गर्न दुबै दलले आकस्मिक रुपमा पार्टीका बैठक बोलाएका थिए।बुधबार बिहानै एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच दुई चरणमा छलफल भएको थियो। सोही छलफलपछि एमालेले आकस्मिक रुपमा स्थायी समितिको बैठक बोलाएको थियो।बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीले बिहीबार नै पार्टी एकता गर्ने निर्णय भएको जानकारी दिएका थिए।
एमाले उपाध्यक्ष वामदेव गौतमका अनुसार भोलि बिहान बस्ने एकता संयोजन समितिको बैठकले एकताको निर्णय गर्ने र सोही अनुरुप भोलि नै एकताको घोषणा गरिने छ।उनले दिनभर एकताका सबै प्रक्रिया पूरा गर्ने, निर्वाचन आयोगमा पार्टी दर्ता गर्ने र साँझ एकताको घोषणा गर्ने जानकारी दिए।