ओलीप्रति माओवादी सशंकित, पर्ख र हेरको रणनीति

प्रकासित मिति: २९ चैत्र २०७४, बिहीबार ०२:२७

काठमाण्डौ । प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति माओवादी केन्द्र सशंकित बनेको र उसले ‘पर्ख’ र ‘हेर’को रणनीति लिएको छ ।

‘प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीको कार्यशैली एकलौटी रहेको भन्दै शसंकित बनेको माओवादीले दुई पार्टी एकीकरणबारे ‘पर्ख र हेर’ को रणनीति अख्तियार गर्न लागेको छ।
पार्टी एकीकरण प्रक्रियालाई हतारमा निष्कर्षमा पुर्‍याउनुभन्दा केही समय एमाले अध्यक्ष ओलीको कार्यशैली विचार गर्ने आन्तरिक रणनीति माओवादी केन्द्रले तय गरेको हो ।

‘ओली जी जुन शैलीमा पार्टी र सरकार सञ्चालन गरिरहनु भएको छ, त्यसले हाम्रा नेतालाई झस्काएको छ,’ माओवादी केन्द्रका एक नेताले भने, ‘त्यसैले माओवादी केन्द्रका नेताहरुमा वैशाख ९ गते नै पार्टी एकता गर्ने जाँगर कम देखिएको छ । अहिले पर्ख र हेरकै अबस्थामा छौं,’ नागरिक दैनिकले यो समाचार लेखेको छ ।

Bhansar Bivag
Argakhachi Cement