कलाकार जन्माउँदै टेलिचलचित्र ‘च्युर्लुङ झ्याईं’

प्रकासित मिति: १३ बैशाख २०७५, बिहीबार ०३:४९

काठमाण्डौं । नेपाली चलचित्र उधोगमा दिन प्रतिदिन नयाँ नयाँ कलाकारहरुको आगमनले तिब्रता पाएको छ । चलचित्रमा होस या टेलिफिल्ममा समेत नयाँ कलाकारहरुले अभिनया गर्ने मौका पाएका छन् । पछिल्लो समय सामाजिक संञ्जालको बिकाससँगैै विश्व साँघुरिएको छ । नेपालकामा पनि एक दशकदेखि संञ्चारको बिकासले तिव्रता लिएको छ दजनौ टेलिभिजन र संञ्चारमाध्यम स्थापर्ना भएका छन् भने यो संग नयाँ नया चलचित्र ,बृतचित्र ,म्युजिक भिडियो निर्माणले पनि तिब्रता पाएको छ । जसको कारण कुना कन्दरामा रहेका ब्यक्तिहरुले पनि आफ्नो क्षमता प्रस्तुत गर्ने मौका पाएका छन् । यसले नयाँ कलाकारहरु जन्माउँदैछ ।
यस चलचित्रमा अभिनय गरेका कलाकाहरुले यतिबेला म्युजिक भिडियो तथा नेपाली चलचित्रमा अभिनयमा समेत मौका पाएका छन् । पछिल्ला सयम पछिल्लो समय सामाजिक सञ्जाल र युट्युवको लोकप्रियताले मनोरञ्जनात्मक तथा सन्देशमुलक सामाग्री प्रसारणमा सहजता ल्याई दिएको छ । पछिल्लो समय युवटुव र्मार्फत प्रशारण भएको च्युर्लुङ झ्याईं नामक धारावाहिक हाँस्य टेलिचलचित्रले नेपाली चलचित्र उधोगमा नयाँ कलाकारहरु लिएर उनिहरुलाई चलचित्र उधोगमा स्थापित गराउने प्रयाश गरिरहेको छ ।
समसामयिक राजनीतिक विषयका साथै समाजमा घट्ने गरेका विकृतिजन्य कृयाकलापको चिरफारलाई मुख्य उदेश्य राखेर सामाजिक भावनाको टेलिफिल्म ‘च्युर्लुङ झ्याईं’ युवटुयुवमा चर्चा कमाउँदै गएको छ । सात एपिसोड सम्म प्रशारण भईससकको छ । म्युजिक एण्ड मुभी एक्सप्रेस नामक युट्युव च्यानल मार्फत सार्वजनिक भएको टेलिचलचित्रको प्रसारण प्रत्येक हप्ताको शनिबार गरिने निर्देशक तेन्जी लामाले जानकारी दिए ।
ललितपुर जिल्ला गोदाबरी नगरपालिका ६ काफ्लडाडामा छायाँकन गरिएको सो सिरयका कारण त्यस क्षेत्रको प्रचार प्रचारमा पनि सहयोग पुगेको स्थानीयबाँसी बताउँछन् । भविष्यमा राष्ट्रिय प्रसारणका टेलिभिजनमा प्रसारण गर्ने उदेश्य सहित मेहनतका साथ काम भईरेहेको टेलिचलचित्रका कलाकार दियाना राईले जानकारी दिईन् ।
नेपाली चलचित्रको समेत छायाँकन गरिसकेका रामेश्वर जिरेलको छायाँकनमा निर्माण भएको सो सिरयलमा सुमन श्रेष्ठ, रबिन थापा मगर, रेशम लामा, तेन्जी लामा, राजु श्रेष्ठ, दियाना राई, शंकर परियार, सिजन परियार, टिना तामाङ, सौगात ठकुरी लगायतको अभिनय रहेको छ ।
अहिले निर्माण भएका टेलिचलचित्रको ट्रेण्ड भन्दा फरक तरिकाले स्तरीयतालाई समेत ध्यानमा राखेर समय सापेक्ष रुपमा निरन्तर निर्माण गर्ने लक्ष्य रहेका निर्देशक तेन्जी लामाले जानकारी दिए । नेपाली चलचित्र उधोगलाई माया गर्ने प्रतिभावान युवा जमातको समुहले हाँस्य रसमा आधारित यो टेलिफिल्म निर्माणमा जुटेको हो । सो टेलिचलचित्रमा तेन्जी लामाको लेखन तथा निर्देशन रहेको छ ।

Bhansar Bivag
Argakhachi Cement