कलेज एउटै बिद्याथी फरक : युनिर्भसीटी एउटै सटिफिकेट फरक

प्रकासित मिति: ३ चैत्र २०७४, शनिबार १५:२१

सल्बलाए शैक्षिक क्षेत्रमा माफिया

चैत्र ३ काठमाडौं । नेपालमा पछिल्लो समयमा शैक्षिक माफियाहरु जुरुमुराउन थालेका छन् बिदेशी बिश्वबिद्यालयको सम्बन्धन भन्दै बिश्वस्तरीय शिक्षा नेपालमा दिने भन्दै महगो शुल्कमा बिद्याथीहरु भर्ना गराएर बिदार्थीको भबिश्य नै अन्यौलमा पारिदिएका छन् । सुन्दै अच्चमम लाग्ने कलेज एउटै बिद्याथी फरक ः युनिर्भसीटी एउटै सटिफिकेट फरक यस्तो घटना उपत्यका भित्र नै भएको छ । शुरुमा ललितपुर र काठमाण्डौमा रहेका ती कलेज अहिले भने झण्डै १ किलोमिटरको दुरीमा काठमाण्डौमा नै छन् ।
हामी कुन कलेजका विद्यार्थी हौं । आइसीएचएम ललितपुरमा २०१३ को पहिलो व्याजका रुपमा आएका सुमन सुवाल भने ‘भर्ना ललितपुरमा भयौं पढ्यौ पनि त्यहिँ तर, अन्तिममा प्रमाण पत्र हातमा आउने बेलामा कलेजले नै बेचियो । तर, जुन कलेजले हामीलाई प्रमाणपत्र दिदै छ त्यो सम्बन्धीत विश्वद्यिालयसँग कुनै सम्बन्धन छैन् ।’ आइसीएचएम ललितपुर गत असारमा बेचियो । र केन्ट प्राइभेट लिमिटेडको नाममा सञ्चालनमा रहेको छ । भने केन्ट कलेजसँग २०१३ का विद्यार्थीले पाउने प्रमाण पत्र जुन विश्वविधालयको हो त्यसको सम्बन्धन भने छैन् ।
अहिले ति विद्यार्थीलाई इन्टरनेश्नल युर्निर्भसीटि अफ जर्जीयाको प्रमाणपत्र वितरण गरीरहेको छ तर, केन्ट भने युरीका युर्निभसीटिको सम्बन्धन प्राप्त कलेज हो । केन्ट कलेजका संचालक संजय कुमार झाले भने आइसीएचएमबाट आएका ४३ जना विद्यार्थी आइसीएचएम नेपालका भएको बताएका छन् ।
तर, आइसीएचएम नेपालका संचालक शिव कुमार श्रेष्ठ भने आइसीएचएम ललितपुर र केन्ट कलेजसँग आफ्नो कुनै समबन्ध नरहेको बताए । ‘आइसीएचएममा न मेरो कुनै सेयर छ, न त म संचालक समितीमा छु, अनि कसरी आइसीएचएम ललितपुरका विद्यार्थी मसँग सम्बन्धीत हुनसक्छन् ।
हामी कुनैपनि हालतमा अर्को कलेजका विद्यार्थीलाई आफ्नो भनेर स्वीकार्दैन र चारीत्रिक प्रमाणपत्र पनि दिदैनौं ।’ तर, यता केन्ट कलेज जसले आइसीएचएम ललितपुरललाई किन्यो र त्यहाँ रहेका २०१३ व्याजका विद्यार्थी आफ्ना नरहेको संचालक संजय कुमार झा बताउँछन् ।
तर, उनको कलेजले फेब्रेवरी १९ मा विद्यार्थीलाई ट्रान्सक्रिप्ट वितरण गरेको छ । तर, विद्यार्थी भने आइसीएचएम नेपालका हुन् भनेर भनेका छन् । उता, आइसीएचएम ललितपुरका तत्कालिन संचालक मनोज श्रेष्ठ भने लामो समय देखि विद्यार्थीहरुबाट टाढीदै गएको सुमन सुवालले बताएका छन् ।

यतिमात्र हैन कलेजले पढाएका बिद्यार्थीको बिषय एउटै भएपनि केड्रिट आवर भने फरक छ । आइसीएचएम नेपाल कलेज गौशलामा पी.बि.एस इन्टनसिप १ मा २४ केडिट छ भने केन्ट कलेज बिद्यार्थीले पाएको सटिफिकेटमा १२ केड्रिट छ । त्यसगरी पी.बि.एस ३०७ टि.एच ई २२० जस्तो बिषयमा पनि क्रेडिट आवर फरक छ ।
यो मात्र हैन जुन विश्व बिद्यालयबाट सम्बन्ध लिएको त्यो विश्व बिद्यालयको नामै फरक छ । शिक्षा मन्त्रालयले सम्बन्धनको लागि स्बीकृृति दिएको नाम र बिद्यार्थीको टान्सक्रिप्ट र सटिफिकेटमा रहेको बिश्व बिद्यालयको नाम फरक छ । शिक्षा मन्त्रालयमा टिब्लेसी टिचिङ्ग युनिर्भसीटी अर्फ जजिर्या छ तर बिद्यार्थीको टान्सक्रिप्ट र सटिफिकेटमा भने ईन्टरनेश्नट टिचिङ्ग युनिर्भसीटी अर्फ जजिया छ ।
राष्ट्रिय क्षेत्रमा नक्कली सटिफिकेट भेटीरहेको अवस्थामा अन्तराष्ट्रिय स्तरको बिश्व बिद्यालयको नामनै फरक पारेर बिद्यार्थीलाई सटिफिकेट दिनुले मुलकमा शैक्षिक माफियाहरु सल्बलाएको देख्न सकिन्छ । यस्तै शैक्षिक माफियाको चुगुलमा सरकारी कर्मचारीहरुसमेत पर्न थालेपछि बिश्व बजारमा नेपाली बिद्यार्थीहरुको शैक्षिक गुणस्तरितामा प्रश्न उठन थालेको छ ?
‘हामीले पटकपटक गरेर सम्पर्क गर्ने प्रयास गर्यौ तर, पनि उहाँले कुनै रेस्पोन्स गर्नुभएको छैन् । अब हामी सबै साथीहरु मिलेर कसरी अगाडि बढ्ने बारे छलफल गर्छौ’ सुवालले भने । अब कुरा के हुन्छ भने, नेपालमा विभिन्न विदेशी विश्वविद्यालयका नामबाट कलेज संचालन गर्दै आएका शैक्षिक व्यापारीहरुले विद्यार्थीहरुको भविष्यमाथी नै खेलबहाड गरेका छन् ।
यी कलेजको बिबाद बिगतमा पनि देखिएको भएपनि यसमाथी कारबाही हुनुको सट्टा उनिहरुले गरेका काममा सही हो या गलत हो भन्ने पहिचान नगरी सरकारी निकायबाट स्बीकृत लिन सफल हुदै आएका छन् । यसरी एक विश्वविद्यालयको सम्बन्धन लिएर अर्को विश्वविद्यालयको प्रमाण पत्र वितरण भइरहदाँ पनि सम्बन्धित निकाय भने मौन बसेको छ ।

Bhansar Bivag
Argakhachi Cement