काठमाण्डौ । पछिल्लो समय सामाजिक क्रियाकलाबमा संक्रिय रहको कल्याणकारी स्वयम् सेवक संघ नेपाल रेडियो नेपाल, सिंहदरबार, काठमाडौ रेडियो नेपाल सिंहदरबार परिसरमा अवस्थित एक ऐतिहासिक र पुरातात्त्विक महत्व रहेको पोखरीको मर्मत गरि हस्तान्तरण गरेको छ। कल्याणकारी स्वयम् सेवक संघ नेपालले यसको मर्मत, सम्हार, सरसफाई, टोटल रेट्रोफिटिङ कार्य सम्पन्न गरी शनिबार हस्तान्तरया गरेको संस्थाका कार्यबहाक अध्यक्ष बिष्णुचन्द्र अधिकारीले जानकारी दिए । संस्थाले रेडियो नेपालका निमित्त कार्यकारी प्रमुख अशोक बास्कोटालाई सरसफाई गरेको पोखरी हस्तान्तरण गरेको हो । संस्थाका सल्लाहाकार तथा संविधानविद डा.अधिबक्ता भिमार्जन आचार्यले बास्कोटालाई हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा रेडियो नेपालका वर्तमान निमित्त कार्यकारी निर्देशक अशोक २७ बर्ष अगाडि रेडियो नेपाल प्रबेश गर्दा पनि यो पोखरीको अवस्था त्यस्तै बिकराल अवस्थामा रहेको तर आज संस्थाको पहलमा मा यो कार्य सम्पादन हुँदा आफु निक्कै खुशी लागेको बताएका थिए ।संबिधानविद भिमार्जन आचार्यले पनि यस्ता समाज सुधार उन्मुख कार्य सम्पादनले संस्थाको उचाई निसंदेह माथी पुग्नेछ भन्ने विस्वास व्यक्त गरेका थिए ।त्यस्तै ध्ख्ब्ल् का कार्यबाहक अध्यक्ष विष्णु चन्द्र अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा उक्त पोखरी निर्माण मा सहयोग गर्नु हुने सबैमा धन्यबाद दिईएको हो । संस्थाले बिगत लामो समयदेखि पोखरी सरसफाई गदै आएको थियो ।