कांग्रेसको अग्रता, दोस्रोमा एमाले र तेस्रोमा माओवादी केन्द्र

प्रकासित मिति: १५ असार २०७४, बिहीबार ०७:२२

काठमाडौं, १५ असार। दोस्रो चरणमा स्थानीय तह निर्वाचनको प्रारम्भिक मतगणनामा  नेपाली कांग्रेसले सुरुवाती अग्रता लिएको छ। पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेसले ३० स्थानमा आग्रता लिएको छ।

पहिलो चरणको स्थानीय तह निर्वाचनमा ठूलो दल बनेको नेकपा एमाले दोस्रो स्थानीय तह निर्वाचनमा दोस्रो स्थानमा  छ। पछिल्लो मतपरिणाम अनुसार एमालेले २१ स्थानमा अग्रता लिएको छ।  एमालेलाई पच्छाउने क्रममा माओवादी केन्द्रले १३ स्थानमा आग्रता लिएको छ।

यसअघि एमालेले राम्रो पडक क्षेत्र मानिएको प्रदेश नम्बर एकमा पनि कांग्रेसले अग्रता लिएको छ। एक नम्बर प्रदेशमा कांग्रेसले १४ स्थानमा अग्रता लिएको छ।  तीन वटै प्रदेशमा कांग्रेसले आफ्नो अग्रतालाई फराकिलो बनाउँदै लगेको छ भने पाँच नम्बर प्रदेशमा एमाले र माओवादी केन्द्रबीच कडा टक्कर भइरहेको छ। प्रदेश नम्बर पाँचमा एमाले र माओवादीले समानस्थानमा अग्रता लिएका छन्। यसैगरी प्रदेश पाँचमा कांग्रेसलाई एमालेले टक्कर दिइरहेको छ।

Bhansar Bivag
Argakhachi Cement