कान्तिमा चार घन्टामा एकजनाको मात्रै एक्सरे

प्रकासित मिति: २१ भाद्र २०७५, बिहीबार ०२:११

काठमाडौं–बालबालिकाको मात्रै उपचार हुने देशको एक मात्रै सरकारी अस्पताल कान्ति बाल अस्पतालमा एकजनाको एक्सरे हुन चार घन्टा लाग्ने गरेको छ । डिजिटल एक्सरे मेसिन डेढ वर्षअघि बिग्रिए पनि अर्को व्यवस्थापन नहुँदा चरम समस्या भएको हो ।

डेढ वर्षदेखि डिजिटल एक्सरे बिग्रिँदा अत्यावश्यक सेवा अवरुद्ध भएको अस्पतालका निर्देशक डा गणेश राईले बताए ।

Bhansar Bivag
Argakhachi Cement