कार्यस्थलमा हुने हिँसा र कानुनी उपचार

प्रकासित मिति: ९ असार २०७९, बिहीबार ०१:२२

बिष्णु गिरी ‘निश्चल’
पछिल्लो समय कार्यस्थलमा हुने हिँसाका बारेमा समाचारहरु सार्वजनिक भईरहेका छन । यतिमात्र हैन यस्तो समाचारहरु बाहिर ल्याउने पत्रकारहरु समेत कार्यस्थलमा हिँसाका सिकार हुनुपरेका घटनाहरु पछिल्लो समय सार्बजिन हुदै आएको छ । अरुलाई सूचना प्रबाह गर्ने पत्रकार या भनौ संञ्चारकर्मी नै हिसाँ परेका छन भने अरु महिलाहरुको के कस्तो अवस्था होला हामी सहजै अनुमान लगाउन सकिन्छ ।
यदिै कसैलाई कार्यस्थलमा हिँसा भईहालेको अवस्थामा बिषयबस्तुलाई बाहिर नल्याउने ल्याईहाले पनि मेलमिलापको माध्यमबाट सभाधान गर्ने गरेको पाईन्छ कानुनलाई नै टेकेर कानुनले दिएको अधिकारलाई प्रयोग गरेर कार्यस्थलमा हुने हिँसाको बिरुद्ध उजुरी दिएको कमै मात्रामा पाइन्छ । भएका कानुन लागु नगर्ने तर नभएका कानुन अघि सारेर कारबाही गर्न सकिएन भनेर गोहीको आँसु चुहाउने प्रवृत्तिले निरन्तरता पाइरहेको छ । हामीकहाँ कार्यस्थलमा महिलालाई हुने यौन दुव्र्यवहार÷हिंसा दिनहुँ बढ्दो छ । नेपालमा कुनै पनि क्षेत्रमा नीति, ऐन र कानुन अभाव भन्दा पनि तिनको कार्यान्वयन पक्ष कमजोर हुने गरेका छन् । हाम्रो समाजमा जो बरु पीडा मनभित्रै गुम्स्याउन तयार हुन्छन् तर न्यायिक निकायमा जानै चाहँदैनन् । न्याय मागे मात्र पाइन्छ भन्ने चेत उनीहरूमा छैन । भएको कानुन कार्यान्वयन, कार्यस्थलमा हुने यौन दुव्र्यवहार÷हिंसा न्यून गर्न सकिने अर्को महत्वपूर्ण आधार हो । भएका व्यवस्था तथा कानुनको प्रभावकारी कार्यान्वयन मात्र हुने हो भने यस्ता घटना स्वतः कम हुन्छन् । जसले पीडितको आत्मबल बढाउँछ भने पीडकलाई हतोत्साही तुल्याउँछ । जुन कुरा कार्यान्यन गर्ने निकायको ध्यान पुगेको छैन भने यो जनस्तर सम्म पु¥याउन पनि सकिएको पाईदैन ।
यौनजन्य दुब्यवहार निवारण’ ऐनमा के छ ब्यबस्था ?
समाजमा कुनै पनि क्षेत्रमा तुलनात्मक रुपमा महिलामाथि हिंसा बढी हुने देखिएकोले कार्यस्थलमा हुने यौनजन्य दुब्यवहार निवारण’ ऐन २०७१ कार्यान्यनमा आएको छ । कार्यस्थलमा हुने यौन हिंसाका घटनाबारे उजुरी गर्न र पीडकलाइ सजाय दिनसकिने व्यवस्थासहितको ऐन कार्यान्वयनमा आएको छ । ‘कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार निवारण’ ऐन अनुसार अब सरकारी कार्यालय तथा निजी संघसंस्थामा महिला, पुरुष वा अन्यमाथि हुने कुनै पनि किसिमका यौन हिंसाबारे उजुरी गर्न सकिनेछ । त्यस्तो उजुरी प्रमाणित भए दोषीलाई ६ महिना कैद र ५० हजार रुपैँया जरिवाना वा दुवै हुनसक्ने व्यवस्था ऐनले गरेको छ ।
यौनजन्य आशयले शरिरको कुनै अंगमा छोएमा वा छुने प्रयास गरेमा, अश्लील तथा यौनजन्य क्रियाकलापसँग सम्बन्धीत शब्द–चित्र पत्रपत्रिका, श्रब्यदृश्य सूचनाप्रविधिको प्रयोग वा प्रदर्शन गरेमा, यौनजन्य क्रियाकलापको लागि प्रस्ताव गरेमा, यौनजन्य आशयले जिस्काएमा वा हैरानी पारेमा यौन हिंसा हुने उल्लेख गरिएको छ । उक्त ऐन अनुसार त्यस्तो क्रियाकलाप देखाउनेविरुद्ध महिलाले मात्रै नभइ जो कसैले आफूमाथि हिंसा भएको ठाने उसले उजुरी गर्नसक्ने ब्यबस्था रहेको छ । हिंसा गर्नेमाथि पीडितले पहिला आफ्नो कार्यस्थलको व्यवस्थापकलाई १५ दिनभित्र र त्यहाँबाट सुनुवाई नभए सुरुमा प्रमुख जिल्ला अधिकारीलाई र त्यहाँबाट पनि निर्णय चित्त नबुझे अन्तिम सुनुवाईको लागि अदालतमा उजुरी दिन सकिने व्यवस्था छ गरिएको छ । यौन हिंसा गरेको ठहरिएमा पीडकलाई कसुरको प्रकृति हेरी ६ महिना कैद सजाय वा ५० हजार रुपैँया जरिवाना वा दुवै हुने व्यवस्था छ । व्यवस्थापकले आफ्नो दायित्य पूरा नगरेमा २५ हजारसम्म जरिवाना गराउन सकिने व्यवस्था गरिएको छ ।
अन्तमा कार्यस्थलमा हुने हिँसाकाबारेमा आफु पनि सचेत हौ अरुलाई पनि सचेत गरौ र देशैभरी कार्यस्थलमा हुने हिँसाका र त्यस्तो भएमा त्यसको कानुनी उपचार के हुन सक्छ भन्ने बारेमा आम नागरिकमा सचेतना फैलाउन सके कार्यस्थलमा हुने हिँसालाई न्यूनीकरण गर्न सकिन्छ ।

Bhansar Bivag
Argakhachi Cement