किन भयो परीक्षाफल प्रकाशित गर्दा खेलवाड

प्रकासित मिति: १२ असार २०७५, मंगलवार ०२:३०

 

काठमाडौँ, सरकारले माध्यमिक शिक्षा परीक्षा एसईईको परीक्षाफल प्रकाशित गर्दा पर्याप्त मात्रामा ध्यान नदिँदा दुईपटक गरेर विद्यार्थीमाथि खेलवाड गरेको सहभागीले बताएका छन् ।
परीक्षाफल जस्तो कुरालाई दुईदुई पटक प्रकाशित गर्दा विद्यार्थीमाथि खेलवाड गरेको बताए ।

पूर्वसचिव जनार्दन नेपालले एसईईको परीक्षाफल प्रकाशनमा सरकारले लापरबाही गरेको बताउनुभयो । उहाँले बिना तयारी अक्षराङ्कन पद्धतिलाई लागू गर्दा दुई पटक परीक्षाफल प्रकाशित गर्नुपरेको बताउनुभयो ।

अहिलेको अक्षराङ्कन पद्धति त्रुटिपूर्ण रहेको भन्दै उहाँले शिक्षकले गर्ने आन्तरिक सिकाइलाई पनि अक्षराङ्कन पद्धतिमा मूल्याङ्कन गर्नुपर्ने बताउनुभयो । “अहिले उत्तरपुस्तिका परीक्षण गर्ने अंकमा र परीक्षाफल प्रकाशित गर्ने अक्षराङ्कन पद्धतिमा देखिएको छ”–उहाँले भन्नुभयो, “विद्यार्थीको आन्तरिक मूल्याङ्कनलाई पनि अक्षराङ्कन पद्धतिमा समेटेर नतिजा प्रकाशन गर्नुपर्दछ ।”

उच्च शिक्षालय तथा विद्यालय संघ नेपाल ९हिसान०का अध्यक्ष रमेश सिलवालले दुईपटक एसईईको परीक्षाफल प्रकाशित हुँदा कुन आधिकारिक हो भन्नेमा विद्यार्थी तथा अभिभावक अझै अलमलमा परेको बताउनुभयो । उहाँले दुईपटक परीक्षाफल प्रकाशित गर्नुको सट्टा हतार नगरी एक दिन ढिलो गरेर परीक्षाफल प्रकाशित गर्नुपर्ने बताउनुभयो ।

निजी तथा आवासीय विद्यालय संगठन ९प्याब्सन०का महासचिव राजेन्द्र बानियाँले एसईई नतिजा प्रकाशित गर्ने काममा सरकारले हतार गरेर विद्यार्थीको भविष्यमाथि खेलवाड गरेको बताउनुभयो ।

नेपाल निजी तथा आवासीय विद्यालय संगठन ९एन–प्याब्सन० का अध्यक्ष ऋतुराज सापकोटाले अक्षराङ्कन पद्धतिलाई सुधार गर्नुपर्ने बताउनुभयो । ।

Bhansar Bivag
Argakhachi Cement