कोरियन भाषा परीक्षाको आवेदन खुल्यो

प्रकासित मिति: ८ चैत्र २०७४, बिहीबार ०६:१५

कोरियन भाषा परीक्षाको आवेदन फारम आजदेखि खुलेको छ। रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत कोरियामा रोजगारीमा जान चाहनेका लागि परीक्षा आवेदन खोलिएको हो। भाषा परीक्षाको आवेदन दिन चाहनेहरुले आजदेखि चैत १७ गतेसम्म आवेदन फारम भर्नु पर्नेछ।

१८ वर्ष पूरा भई ३९ वर्ष ननाघेको (२०३४ साल चैत १० देखि २०५६ साल चैत ९ सम्म जन्मिएका) नेपाली नागरिकले इपीएस नेपालको वेवसाइटमा गई अनलाइनबाटै आवेदन भर्न सक्नेछन्।

परीक्षा जेठ २६ र २७ गते हुनेछ। परीक्षाका लागि काठमाडौँ र पोखरामा केन्द्र तोकिएको इपीएस कोरिया शाखाले जनाएको छ। पोखरामा १२ हजार जनाले परीक्षा दिन पाउँनेछन्।

आवेदन शूल्क २४ डलर तोकिएको छ। सहभागी परीक्षार्थीमध्ये योपटक सात हजार १०० जनाको मेरिटमा पर्नेहरु रोजगारीमा कोरिया जानका लागि योग्य सूचीमा सामेल हुनेछन्।

Bhansar Bivag
Argakhachi Cement