गणतन्त्र दिवसको अवसरमा अध्यक्ष ढकालको शुभकामना

प्रकासित मिति: १४ जेष्ठ २०७५, सोमबार १६:१६

हरेक नेपाली सुखी हुनुपर्छ

काठमाडौँ, नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले गणतन्त्र प्राप्तिका लागि विभिन्न कालखण्डमा भएका जनान्दोलन, सशस्त्र संघर्ष, जनयुद्व र २०६२÷६३ को ऐतिहासिक जनआन्दोलनमा जीवन बलिदान दिने सम्पूर्ण शहीदलाई श्रद्धाञ्जलि अर्पण गर्दै संघर्षका क्रममा घाइते हुनुभएका योद्धाको स्वाथ्यलाभको कामना गरेका छन् । गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश दिँदै हरेक नेपाली नागरिकले वास्तविक रुपमा गणतन्त्र नेपालको अनुभूति हुने गरी राज्यले देशको विकास, समृद्धि र देशवासीमा आपसी सद्भावको वातावरण बन्न सकोस भन्ने कामना गरेका छन् ।
अध्यक्ष ढकालले सन्देशमा हरेक नेपाली सुखी र खुशी भए मात्रै गणतान्त्रिक शासन व्यवस्था सुदृढ हुन सक्छ भन्दैदेशको सार्वभौमिकता, स्वाधीनता र राष्ट्रिय एकतालाई अझै सुदृढ गर्दै देशलाई आर्थिक विकासको मार्गमा अगाडि बढाउन अहिलेको आवश्यकता रहेको बताएका छन् ।

Bhansar Bivag
Argakhachi Cement