गोरखामा मतदान शुरु, एकनाथ ढकालले भोट हाले

प्रकासित मिति: १० मंसिर २०७४, आईतवार ०४:४४

१० मंसिर, गोरखा । गोरखाका सबै मतदान केन्द्रमा मतदान शुरु भएको छ । २१३ मतदान स्थल र २८२ मतदान केन्द्र रहेको गोरखामा बिहान सात बजेबाट मतदान शुरु भएको हो । यसैबीच नेपाल परिवार दलका अध्यक्ष तथा वाम गठबन्धनका नेता एकनाथ ढकालले गोर्खाको भीमसेन गाउपालिका, वडा नम्बर ८ स्थित श्री जागेश्वर उच्च माविको मतदान केन्द्रमा मतदान गरेका छन् । भुकम्प पश्चात सोहि विद्धालयको ८ कोटे पक्कि भबन निर्माण गरेकी समाजसेबी श्रीमती ब्लेसी गाडन संगै लिएर मतदान गर्न पुगेका पूर्वमन्त्री ढकालले भए रहित स्वतन्त्र रुपमा आफुले रोजेको पार्टी र उम्मेदवारलाई मतदान गर्न आग्रह समेत गरेका छन् । नेता ढकालले लोकतान्त्रिक निर्बाचनमा कुनै पार्टी वा व्यक्तिले चुनाब हारेपनि राष्ट्र र जनताको सधै जित हुन्छ हुने बताए ।

यस्तै गोरखा २ बाट चुनाव लडेका माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ र नयाँशक्तिका डा. बाबुराम भट्टराई दुबैले मतदान गरेका छन् । श्रेष्ठले जौबारीको परोपकार आदर्श बहुमुखी क्याम्पसबाट र डा. भट्टराइले पालुङटार नगरपालिकाको अन्नपूर्ण मावि, खोप्लाङबाट मतदान गरे । हरेक मतदान केन्द्रमा महिला पुरुषका लागि छुट्टाछुट्टै लाइनको व्यवस्था गरिएको छ । असहाय, बृद्ध र अपांगता भएकाहरुलाई लाइन बस्न नपर्ने गरी मतदान गर्ने व्यवस्था मिलाइएको छ । भयरिहत वातावरणमा चुनाव गर्न हरेक मतदान केन्द्रमा बिशेष सुरक्षा व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । पहिलो घेरामा म्यादी र जनपथ प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेना रहेका छन् ।

Bhansar Bivag
Argakhachi Cement