ग्रामिण क्षेत्रका स्वास्थ्य चौकीहरुको गुणस्तर वृद्धिका लागि ३ दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम

प्रकासित मिति: १५ असार २०७५, शुक्रबार ०२:४२

दिपेन्द्र पौडेल÷दिपक शर्मा
गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोग तथा नौलो घुम्ती नेपालद्धारा संचालिन कास्की सामुदायिक विकास परियोजना अन्तर्गत आषाढ १० गते बाट १२ गते सम्म महिला स्वास्थ्य स्यमं सेविका पुनर्ताजगीकरण सम्वन्धि प्रशिक्षक प्रशिक्षण कार्यक्रम साथै गाउँघर क्लिनिकमा आवश्यक सामग्रीहरु कास्कीका ५ स्वास्थ्य चौकीहरुलाई प्रदान गरियो ।
नौलो घुम्ती नेपाल विगतका दिन देखि नै स्वास्थ्य क्षेत्रमा सहयोगी बन्दै आएकोमा यस पटक पनि गुड नेवर्स इन्टरनेशनल नेपालको सन् २०१८ को नियमित कार्यक्रमबाट ३ दिने तालिम तथा ५ स्वास्थ्य चौकीका गाउँघर क्लिनिकका लागि आवश्यक १३ सेट स्वास्थ्य उपकरण हस्तान्तरण कार्यक्रम सम्पन्न गरियो । कार्यक्रममा नौलो घुम्ती नेपालका कोषाध्यक्ष मंगल नेपालीले नव निर्वाचित गाँउपालिकाअन्तर्गतका वडा अध्यक्षलाई झकझक्याउदै, प्रदान गरिएका सामग्रीको उचित परिचालन तथा मुल्यांकन गर्न प्रोत्साहन गर्नुभयो । त्यस्तै नौलो घुम्ती नेपालका महासचिव वद्री विनोद खनालले सहभागी स्वास्थ्य कर्मीलाई यस तालिम पश्चात आ आफ्नो कार्यक्षेत्रमा भएका महिला स्वास्थ्य स्यम् सेविकालाई पुनर्ताजगी तालिम सफलतापुर्वक सम्पन्न गर्नका लागि अनुरोध तथा सम्पुर्ण स्वास्थ्य संस्थामा ल्याव सेवा पनि सुचारु गराउनु पर्ने आवश्यता औल्याउनु भयो । साथै नौलो घुम्ती नेपालका प्रथम उपाध्यक्ष योगराज पौडेलले सामग्री सहयोग पश्चात ग्रामिण भेगका जनताहरुमा गुणस्तरीय स्वास्थ्य सेवाको पहुँचमा टेवा पुग्ने आशा व्यक्त गर्दै सामग्रीको सहि सदुपयोग र व्यवस्थापन जोर दिनु भयो र आगामी दिनहरुमा पनि समुदायमा रहेका स्वास्थ्य समस्याहरुको पहिचान गरी आवश्यक सहयोग गर्ने बताउनु भयो । कार्यक्रममा गुड नेवर्स इन्टरनेशनल नेपाल, कास्कीका जिल्ला संयोजक टुपेन्द्र खुलालले अझ थप कार्ययोजना सहित संस्थासंग समन्वय गर्न अनुरोध गर्नुभयो भने मादी गाँउपालिका वडा नं. ११ र पो.ले.म.न.पा. वडा नं. २३ का वडा अध्यक्षहरु क्रमशः मित्र बहादुर गुरुङ र विष्णु प्रसाद पराजुली ले संयुक्त रुपमा गुड नेवर्स इन्टरनेशनल र नौलो घुम्ती नेपाललाई धन्यवाद सहित प्राप्त सामग्रीको यथोचित सहयोग र संरक्षण प्रतिवद्धता व्यक्त गर्नुभयो । यसको साथमा सहभागीका तर्फबाट सैमराङ र ल्वाङ्घलेल स्वास्थ्य चौकीका प्रमुख क्रमशः स्मिृती राई र आनन्द बरालले यस तालिमको उद्देश्य पुरा भएको र नौलो घुम्ती नेपालले सहयोग गरेका प्रत्येक उपकरण तथा कार्यक्रमको प्रशंसा गर्दै धन्यवाद ज्ञापन गर्नुभयो । उक्त कार्यक्रमको सहजिकरण जिल्ला जनस्वास्थ्य कार्यालयका परिवार नियोजन अधिकृत सन्तोष पौडेलले गर्नुभयो भने कार्यक्रमको संचालन नौलो घुम्ती नेपालका जनस्वास्थ्य सहायक सुनिल सुबेदीले गरेका थिए ।

Bhansar Bivag
Argakhachi Cement