काठमाण्डौ । नेपाल प्रहरीका अनुसार त्रिभुवन विमानस्थलमा भएको युएस बांग्लाको विमान दुर्घटनामा ३१ जनाको घटनास्थलमै मृत्यु भएको छ। ८ जनाको उपचारका क्रममा निधन भएको र ३३ जनाको उपचार भइरहेको जनाएको छ । विमानस्थलमा भएको युएस बांग्लाको विमान दुर्घटनामा पाइलट र चालक दलका दुई सदस्यको मृत्यु भएको छ।
काठमाडौँ मेडिकल कलेजले अस्पतालमा मृत अवस्थामा ल्याइएकाहरुको नामावली प्रकाशन गरेको छ जसमा महिला पाइलट पृथुला रसिद र चालक दलका सदस्य ३५ वर्षीय ख्वाजा हुसेन रहेका छन्। त्यसैगरी इन्जिनियर रकिबुल हुसेनको पनि मृत्यु भएको छ।