तीन वर्षदेखि सडक विस्तार शुरु भएपनि पुरा हुन नसक्दा चावहिल–बौद्ध–जोरपाटी–मूलपानी–साँखु सडकको अवस्था दयनीय बन्दै गएको छ । सो कार्य पुरा हुन नसक्नुका कारण बजेट अभाव, सर्वोच्च अदालतको अन्तरिम आदेश र सीमा विवाद भएको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ ।