चितवन २ मा हुने उप निर्बाचनमा पुरानै उम्मेदवारले प्रतिस्पर्धा गर्ने चाहना

प्रकासित मिति: २ फाल्गुन २०७९, मंगलवार ०२:३२

चितवन। चितवन–२ मा प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन हुने भएपछि यसअघि प्रतिस्पर्धामा रहेकाले पुनः उम्मेदवार हुने चाहना व्यक्त गरेका छन्। मुख्य तीन राजनीतिक दलका पुरानै उम्मेदवारले प्रतिस्पर्धा गर्ने चाहना व्यक्त गरेका हुन्।

सो क्षेत्रबाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेको नागरिकताका विषयमा सर्वोच्च अदालतले सांसद पद नरहने गरी निर्णय गरेपछि उपनिर्वाचन हुन लागेको हो।

लामिछाने ४९ हजार तीन सय मत प्राप्त गरी विजयी भएका थिए। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उमेश श्रेष्ठले १४ हजार नौ सय ८८ मत प्राप्त गरेका थिए। उनलाई नेकपा ९माओवादी केन्द्र० सहितको गठबन्धनको समर्थन थियो।

यसैगरी नेकपा ९एमाले०का कृष्णभक्त पोखरेलले १४ हजार छ सय ५२ मत प्राप्त गरेका थिए। अन्य उम्मेदवारको मत एक हजारभन्दा कम थियो। सो क्षेत्रमा ८० हजार सात सय ५३ मत सदर भएको थियो।

Bhansar Bivag
Argakhachi Cement