काठमाडौँ, कात्तिक ः नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले सूर्यको उपासना गरेर मनाइने छठ पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ–दिदीबहिनीहरूमा भातृत्व, भगिनित्व, एकता र आत्मियताका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।
शुभकामना सन्देश दिँदै ढकालले नेपालमा राजनीतिक संघर्षको युग सकिएकाले अबको यात्रा विकास र समृद्धितर्फको हुने उल्लेख गरेका छन् । नेपालीको समृद्धिको चाहना पूरा गर्न देशको राजनीति स्थिर हुनपर्ने बताउँदै नेपालीको यही चाहनालाई आत्मसात गर्दै परिवार दलले एमालेसँग चुनाबी तालमेल गरेको पनि बिज्ञप्तिमा उल्लेख गरेका छन् ।
ढकालले आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सहभागी भएर लोकतान्त्रिक उत्सवलाई सफल बनाउन आह्वान समेत गरेका छन् । उनले आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्बाचन व्यापक जनसहभागिताका साथ स्वतन्त्र, निष्पक्ष र धाधली रहित रुपमा सम्पन्न होस् भन्ने पनि कामना गदै निस्पक्ष निर्बाचनमा जुन ब्यक्ति वा पार्टीले जिते पनि राष्ट्रको जित हुने उल्लेख गरेका छन् ।