काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल शुक्रबारदेखि नयाँ घरमा बसाइ सरेका छन ्। लाजिम्पाटमा भाडाको घरमा बस्दै आएका दाहाल शुक्रबारदेखि ललितपुरको खुमलटारमा रहेको शारदा अधिकारीको घरमा बसाइ सरेको छन् । प्रचण्डका स्वकीय सचिव जोखबहादुर महराका अनुसार दाहाल पाँच वर्षदेखि लाजिम्पाटमा बस्दै आएका थिए । सानो बाटो र घर पनि साँघुरो भएकोले डेरा सरेको बताएपनि खासमा छोरा प्रकाशको याँदले धेरै सताएपछि डेरा सरेको बुभीएको छ ।
छोरा प्रकाशको मंसिर पहिलो साता निधन भएपछि आमा सीता दाहालले लाजिम्पाटमा बस्दा आफूलाई छोराको धेरै याद आउने भएकाले डेरा सर्न जोड गरेकी थिइन ्।‘अध्यक्षनिवास आजैबाट खुमलटार सरेको छ, लाजिम्पाट पनि छोडेका छैनौं, केही सामान ल्याउन बाँकी छ,’ स्वकीय सचिव महराले भने। दाहाल २०६३ सालमा सार्वजनिक भएपछि नयाँबजारमा बसका थिए । नयाँबजारमा बसेको घर साँघुरो भएपछि उनी पाँच वर्षपहिले लाजिम्पाट सरेका थिए ।