छ दिने बेमौसमी तरकारीखेति तालिम

प्रकासित मिति: २२ चैत्र २०७३, मंगलवार १५:३९

काठमाडौं । पीस एष्ड डेभलपमेन्ट स्टडीज्स (पेड्स)ले छ दिने बेमौसमी तरकारी खेति तालिम सम्पन्न गरेको छ । बुढानिलकष्ठ नगरपालीको आर्थिक सहयोगमा भएको तालिममा नगरपालीका भित्रका २२ किसानहरु सहभागिता रहेको थियो ।
तालिममा प्रशिक्षक काली बहादुर श्रेष्ठले बेमौसमी तरकारीखेति,फाइदा,जमिनको छनोट, जमिनको घेरबार, माटोको व्यवस्थापन, हावापानी, माटोको उपचार, तरकारीको लागिउचित माटो बनाउने तरिकाबारेमा प्रशिक्षण दिएका थिए भने चन्द्रकान्ता खन्नाले प्लास्टिक टनेलबारे जानकारी, प्लास्टिक टनेल बनाउने प्रक्रिया, प्लास्टिक टनेल बाट हुने फाइदाहरुका बारेमा प्रशिक्षण दिएका थिए ।

छ दीन सम्म सञ्चालन भएको तालिमा प्रमिला भण्डारीले ब्यबसायिक काउली, बन्दा, भेडे खुर्सानी खेति, उन्नतजात, मलखाद र सिंचाईका बारेमा प्रशिक्षण दिएका थिए । तालिममा सहभागीहरुलाई बिश्व शान्ति तथा एकिकृत परिवार संघ नेपालका अध्यक्ष सन्तोष कुमार पौडेल र पेड्सका अध्यक्ष डा.चूडाबहादुर श्रेष्ठले प्रमाण पत्र हस्तान्तरण गरेका थिए ।

Bhansar Bivag
Argakhachi Cement