जनपक्षीय परिवर्तनमा सञ्चारमाध्यमको भूमिका उल्लेखनीय

प्रकासित मिति: २७ मंसिर २०७३, सोमबार १२:०९

काठमाण्डौ मंसीर २७ । नेपालका सबैजसो जनपक्षीय परिवर्तनमा नेपाली सञ्चारमाध्यमले महत्वपूर्ण भूमिका खेलेको न्यूनतम पारश्रमिक निर्धारण समितिका अध्यक्ष पोषण केसीले बताउनुभएको छ ।
नेपाल पत्रकार मञ्चद्वारा आधारभूत पत्रकारिता तालिमका सहभागीहरुलाई प्रमाणपत्र वितरण कार्यक्रममा बोल्दै अध्यक्ष केसीले मुलुकमा प्रजातन्त्र रहे मात्र पत्रकारको कलम पनि स्वतन्त्र हुने सक्ने भएकाले समग्र सञ्चार जगत लोकतन्त्रको पक्षमा उभिनुपर्ने बताउनुभयो ।
समाजमा सचेतनाको संवाहन पत्रकार भएतापनि उनीहरुको निम्ति अझैपनि थुप्रै चुनौती विद्यमान रहेको केसीले बताउनुभयो । नेपाली सञ्चार माध्यमको व्यवसायिक विकास अझैपनि हुन नसकेको भन्दै केसीले सञ्चार प्रतिष्ठानमा कार्यरत पत्रकारहरुको न्यूनतम पारिश्रमिक निर्धारण गरिएअनुसार कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार मञ्चका अध्यक्ष युवराज विद्रोहीले व्यवसायिक रुपमा नेपाली पत्रकारितामा लाग्न चाहनेहरुका निम्ति अवसरसँगै चुनौतीहरु समेत रहेको बताउनुभयो ।
नेपाल पत्रकार मञ्चले आयोजना गरेको ७ दिने आधारभूत पत्रकारिता तालिमका रसुवाका १८ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो ।

Bhansar Bivag
Argakhachi Cement