बिराटनगर । नेपाल सरकारले तय गरेको ‘सुखी नेपाली, समृद्ध नेपाल भन्ने नारालाई सार्थकता प्रदान गर्नका लागि पारिवारिक मूल्य–मान्यता र असल संस्कारलाई बढावा दिनआ–आफनो जोडीसहित कार्यक्रममा उपस्थित भएर १ नं प्रदेशका महानगरपालिका, उप–महानगरपालिका, नगरपालिका र गाउँपालिकाका प्रमुख तथा उप–प्रमुखहरूको एकदिने सम्मेलन सम्पन्न भएको छ ।
कार्यक्रममा नेपाल बार एशोसियसन नेपालका पूर्व उपाध्यक्ष संविधान बिज्ञ अधिवत्ता टिकाराम भट्टराईले संविधान र नयाँकानुनको कार्यान्वयनका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभयो । त्यस्तै गरी आफ्नो नगरपालिका र गाउँपालिकामा कुन किसिमको विकासको नमुना अभ्यास गर्ने भन्ने विषयमा प्रा.डा चन्द्रमणी अधिकारीले आफ्नो कार्यपत्र प्रस्तुत गर्नुभयो ।
प्रदेश भित्र रहेका नगरपालिका तथा गाउँपालिका प्रमुख, उप–प्रमुखहरूको सहभागिता रहेको कार्यक्रमको प्रमुख अतिथि प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई हुनुहुन्थ्यो । जनप्रतिनिधिहरूको नेतृत्व विकास तथा क्षमता कसरी अभिवृद्धि गर्ने र विवाह एव ंपारिवारिक सम्बन्धलाई सुमधुर कसरी बनाउने भन्ने बारे अन्तर्राष्ट्रिय विज्ञ डा. रोर्बट एस किट्टेलले कार्यपत्र प्रस्तुत गर्नुभयो ।
सम्मेलनमा उपस्थित सम्पूर्ण प्रदेशका स्थानीय निकायका प्रमुखहरूले स्थानीय तहको विकास र समृद्धिको उद्देश्यले‘शान्तिका लागि नगर प्रमुखहरूअन्तर्राष्ट्रिय संगठन (क्ष्ब्ःए) स्थापना गर्ने विषयमा ऐक्यबद्धता जनाई घोषणा–पत्रजारी गरियो । सम्मेलनको आयोजना संयुक्त राष्ट्र संघमा आवद्ध संस्थायुनिर्भसल पीस फेडेरेसन र सांसदहरूको अन्तर्राष्ट्रिय मञ्च ले संयुक्त रुपमा गरेका थिए ।
कार्यक्रममा युनिभसल पीस फेडेरेसनका महासचिव बिनोद डाँगीले सम्मेलन फलदायी भएको बताउँदै अहिलेको समय सापेक्ष स्थानीय तहका लागि आवश्यक समेत महसुस गरिएको जानकारी दिनुभयो । यसबाट सबै सहभागीहरूलाई आफ्नो क्षेत्रको विकास कार्यमा लाग्न र संविधानको कार्यान्वयनमा उत्सुकता बढेको समेत उहाँको भनाइ थियो ।
कार्यक्रमका राष्ट्रिय संयोजक पूर्व सांसद मिलन कुमारी राजबंशीले विश्वभरी रहेका नगरपालिकाहरु बीचको बिकासका नमुनाहरु सहकार्यका माध्यमबाट साटासाट गर्नका लागि नगर प्रमुखहरुको अन्तराष्ट्रिय संस्था स्थापना गरेर अघि बढने कुरा बताउनुभयो ।
सम्मेलनमा सिंगो मानव जातिले विश्वव्यापी रुपमाभोग्नुपरेका गम्भीर चुनौतीहरूको समाधानका बारेमा छलफल गरिएको थियो । सम्मेलनको सफलताका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना सन्देश समेत पठाउनु भएको थियो ।