झापा । जिल्लाभरीका बिद्यालयहरुमा अध्यनरत बिद्याथीहरुलाई “नैतिक शिक्षा ,ब्यवहारिक ज्ञान र चरीत्र निर्माण“ विषयमा गोष्ठी सन्चालन गरि विद्यार्थीहरु को असल चरीत्र निर्माण गर्न मा पुर्याएको योगदानको कदर गर्दै जिल्ला शिक्षा कार्यालय झापाले वल्र्ड कार्प झापालाई सम्मान गरेको छ ।
पाथीभरा एजुकेसनल एकाडेमी कन्काइ (८ लक्ष्मीपुर ,झापाको ९ औं बार्षिक उत्सव अवसरमा जिल्ला शिक्षा कार्यालय झापा सहायक प्रमुख उध्दब बिष्टले वल्र्ड काप झापाका सहसंयोजक प्रकाश श्रेष्ठलाई सम्मान गरेका हुन् । सो अवसरमा बिधालय ,विद्यार्थीको चौतर्फी बिकास मा सहयोग पुर्याउने संस्थाहरु र सामाजिक क्षेत्रमा निस्वार्थ रूपमा लागि परेका ब्याक्तीहरुलाइ पनि सम्मान गरिएको थियो ।कार्यक्रम को औचित्य माथी प्रकाश पार्दै बिधालयका प्रधानध्यापक लेखानाथ गुरागाइले बर्षभरी भएका कृयाकलाप प्रोजेक्टरको साहायताले फोटोसहित प्रस्तुत गर्नुभएको थियो । बिद्यार्थीहरु बाट उत्कृष्ट गित,डान्स ,तोङ इल मो दो कला प्रदर्शनी र इन्जिनियरिङ कला लगायतका कुरा प्रस्तुत भएको कार्यक्रम को संचालन पनि विद्यार्थी हरुलेनै गरेका थिए ।