जीवन रुपान्तरणबारे युवालाई सेमिनार

प्रकासित मिति: १३ श्रावण २०७४, शुक्रबार १४:३०

मोरङ । सेवामा,नेतृत्व,सुशासनमा र बिकासमा युवा भन्ने मान्यताका साथ सृजनशिल युवा मार्फत शान्ति र समृद्ध नेपाल निर्माण गर्ने उदेश्य सहित विश्व शान्ति तथा एकीकृत परिवार संघ नेपाल लेटाङ शाखाले ५ दिने जीवन रुपान्तरण तथा अलौकिक सिद्धान्त सम्बन्धी सेमिनार सम्पन्न भएको छ ।
यहि साउन ८ देखि १२ गते सम्म संञ्चालन भएको सेमिनारको समापन पुर्व सभासद हर्क मान तामाङले गरेका थिए । समापनमा बोल्दै उनले दोश्रो पुस्ता पहिलो भन्दा राम्रो र सक्षम हुनु पर्ने बताउँदै पुरानो पुस्ताले गर्न नसकेका काम पुरा गर्नु नयाँ पुस्ताको दायित्व भयकोले युबाहरुमा नबिन सोंच र दृष्टिकोण हुनुपर्नेमा जोड दिए ।
उनले युबाहरुलाई ठुलो सपना देख्न, आफ्नो लक्ष्य प्राप्तिको बाटोबाट बिचलित नहुन र असफलताबाट नथाक्न प्रेरित गर्दै निरन्तर इमान्दार रुपमा प्रयासरत ब्यक्ति सफलतामा पुग्ने निश्चित हुने बताउँदै यस्ता सेमिनारले युवाहरुलाई आफनो जीवनको लक्ष्य निर्धारण गर्न सजिलो बनाउने बताए । कार्यक्रमा लेटाङ नगरपालिकाकी उप–मेयर कृष्ण कुमारी निरौलाले पारिबारिक शिक्षा र नैतिक मूल्य मान्यताका बारेमा अहिलेका युवालाई जानकारी दिनु पर्नेमा जोड दिईन्
सो अवसरमा विश्व शान्ति तथा एकिकृत परिवार संघ नेपालका राष्ट्रिय प्रशिक्षक काशी नाथ खनालले सफलता हासिल गर्नको लागि आबश्यक निर्बिकल्प तथ्यहरु सकारात्मक चिन्तन, देशप्रेम, अनुशासन, कर्तव्यनिष्ट र परिश्रम जस्ता कुराहरु अनुशरण गरि जीवनलाई सार्थक बनाउन युबाहरुलाई आग्रह गदै पाँच दिन सम्म आफूले फारद मुनको दर्शनमा केन्द्रीत रहेर प्रशिक्षण दिएका थिए ।
चार दर्जन भन्दा बढी युवाहरुको सहभागित रहेको सेमिनारमा संस्थाका सुनसरी शाखा संयोजक राम बहादुर लिम्बू,शान्तिदुत नन्दलाल धिमाल, लेटाङ नगरपालिका स्तरिय एकता महिला संजाल अध्यक्ष रेनु प्यकुरेल,लेखक तथा सकारात्मक सोचका अभियान्ता राम प्रसाद खरेल लगायतले अहिलेका युवाहरुलाई नैतिक शिक्षाको खाँचो रहेको बताएका थिए ।
संस्थाका लेटाङ शाखा संयोजक लोक बहादुर गिरीको सभापतित्वमा भएको कार्यक्रमको संयोजन भने शान्ति लामाले गरेकी थिईन् ।
पाँच दिन सम्म चलेको सेमिनारमा स्थायी शान्तिको आधार असल परिवार भयकोमा जोड दिदै नेपालको पारिबारिक मूल्यमान्यता जगेर्ना गर्नसके विश्वमानै अनुकरणीय हुनमा जोड दिईएको थियो । भौतिक साधन श्रोत आबस्यक रहेपनि बिश्वाश, प्रेम र सह ( सम्मान जस्ता मान्यताले नै समाजलाई बलियो बनाउने छ । सम्पूर्ण नेपाली परिवार स्वस्थ रहेमात्र सम्बृद्ध नेपाल निर्माण हुन सक्ने भयकोले संस्थाले पारिबारिक शिक्षा र नैतिक मूल्य मान्यतालाई प्राथमिकता दिदै देशभरीनै यस्तो खालको अभियान संञ्चालन गदै आएको छ ।

Bhansar Bivag
Argakhachi Cement