जेष्ठ नागरिकलाई निशुल्ल्क उपचारको ब्यबस्था गर्न सरकारसँग अध्यक्ष ढकालको आग्रह

प्रकासित मिति: ७ असार २०७५, बिहीबार १३:१९

७ असार, काठमाडौं । नेपाल परिवार दलका अध्यक्ष तथा पूर्वमन्त्री एकनाथ ढकालले ७० बर्ष माथिका जेष्ठ नागरिकको निशुल्ल्क उपचारको ब्यबस्था मिलाउन सरकारसँग आग्रह गरेका छन् । बिहिबार ढकालले नेपाल सरकारका उप(प्रधानमन्त्री तथा स्वास्थ्य तथा जनसख्या मन्त्री उपेन्द्र यादवसग बिहिबार भएको भेटमा यस्तो आग्रह गरेका हुन् ।
संघिय समाजवादी फोरम नेपालका अध्यक्ष रहेका यादव संग ढकालले मन्त्रालयमा पुगेर भेट गरेका हुन् । भेटमा अध्यक्ष ढकालले उप(प्रधानमन्त्री यादव लाई बधाई दिदै सार्बजनिक अस्पतालहरुको क्षमता तथा सेवा अभिबृद्धि गर्न, ७० बर्ष माथिका आम नागरिकको निशुल्ल्क उपचारको ब्यबस्था मिलाउन, स्वास्थ्य सेवाको दायर फराकिलो बनाउन र सरकारले उपलब्ध गराउने सेवा थप प्रभावकारी तथा छिटो छरितो बनाउन लगायतका सुझाब दिएको भेटमा सहभागी परिवार दलका प्रबक्ता सन्तोष पौडेलले जानकारी दिए। भेटमा समसामयिक राजनैतिक परिस्थिति तथा दुर्इ पार्टीको समान मुद्धाहरुमा हुन सक्ने सहकार्यको बारेमा पनि छलफल भएको थियो ।

Bhansar Bivag
Argakhachi Cement