जो सांसद भएर पनि मतदान गर्न पाएनन्

प्रकासित मिति: २९ फाल्गुन २०७४, मंगलवार १४:४१

राष्ट्रपति निर्वाचनमा मतदाता भएर पनि मतदान प्रक्रियामा संघीय संसद् र प्रदेशसभा सदस्य गरी कूल १८ जना अनुपस्थित हुँदा चार सदस्यले भने मतदान गर्न पाएनन् । राष्ट्रियसभाका सदस्यत्रय डा युवराज खतिवडा, रामनारायण बिडारी र विमला राई पौडेलले मतदानमा भाग लिन नपाउनुभएको हो । निर्वाचन आयोगले मतदाता नामावली प्रकाशन गरी सकेका कारण उहाँहरु राष्ट्रियसभा सदस्य भएर पनि मतदान गर्नबाट वञ्चित हुनुभएको हो । यस्तै प्रतिनिधिसभा सदस्य रेशमलाल चौधरी प्रहरी हिरासतमै रही उपचाररत् रहनुभएको र संघीय संसद्का पद तथा गोपनीयताको शपथसमेत नलिनुभएका कारण पनि मतदान गर्न नपाउनुभएको हो ।

Bhansar Bivag
Argakhachi Cement