काठमाडौं । चितवनमा ज्ञानेन्द्र शाही माथि भएको कुटपिटको नेपाल परिवार दल निन्दा गरेको छ । दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले सामाजिक संञ्जाल मार्फत कुनै पनि व्यक्तिमाथि कुनैपनि बहानामा कुनैपनि ब्यक्ति वा समुह द्वारा कुटपिट हुनु संबिधान, कानुन र मानब अधिकारको हनन भएको बताएका छन्। उनले भनेका छन्यस्ता गतिविधिले लोकतन्त्र र विधिको शासनमा समेत असर पर्ने र समाजमा अपराधिक क्रियाकलाप बढ्ने हुदा सचेत रहन र दोषीमाथि कारबाही गर्न नेपाल परिवार दल सरकार संग माग गरेकोे छ । साथै घाइते हरुको सिघ्र स्वास्थ्य लाभको कामना समेत परिवार दलले गरेको छ ।