झुन्डिएकी प्रियाको पोस्टमार्टम रिपोर्ट आफन्तद्वारा अस्वीकार

प्रकासित मिति: १० फाल्गुन २०७३, मंगलवार १४:५०

गत सोमबार ललितपुरको इमाडोलस्थित आफ्नै निवासमा झुन्डिएको अवस्थामा मृत भेटिएकी २२ वर्षीया प्रिया देउजाका आफन्तहरुले पोस्टमार्टम रिपोर्ट अस्वीकार गर्दै प्रहरीवृत्त घेराऊ गरेका छन् ।पोस्टमार्टम रिपोर्टले प्रिया देउजाले आत्महत्या गरेको देखाएपछि उनका आफन्तहरु मंगलबार दिउँसो सातदोबाटोस्थित प्रहरीवृत्त घेराऊ गर्न पुगेका हुन् । उनीहरुले प्रियाको हत्या भएको दाबीसमेत गरेका छन् ।वृत्त घेराऊकाक्रममा प्रहरी र मृतकका आफन्तबीच सामान्य झडपसमेत भएको थियो ।

Bhansar Bivag
Argakhachi Cement