टेलिकमकी कामिनीविरुद्ध आफ्नै कर्मचारी

प्रकासित मिति: २० जेष्ठ २०७४, शनिबार १२:५८

रमेश कुमार बोहोरा
काठमाडौं । नेपाल टेलिकमलाई प्रतिस्पर्धी र गुणस्तरीय बनाउँदै आएकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारी विरुद्ध आफ्नै कार्यालयका कर्मचारीहरु लागे पनि उनले त्यसलाई व्यवस्ता गर्दै सेवाग्राहीलाई गुणस्तरीय सेवा दिएकी छिन् भने उनले देशको कुनाकुनासम्म फोरजी सेवा उपलब्ध गराउन अहोरात्र खटिरहेकी छिन् । उनको यो योगदानलाई कदर गर्नुका सट्टा नेपाल टेलिकमबाट आव्हान भएका टेण्डरहरु र कर्मचारीलगायतका सम्बन्धमा कडाइका साथ निर्णयहरु गर्ने तथा कार्यान्वयन गर्न थालेपछि यसबाट तिलमिलाएका केही भेण्डर र कर्मचारीहरु प्रबन्ध निर्देशक कामिनी राजभण्डारीका विरुद्ध दुष्प्रचार गर्न थालेको छ ।
कम्पनीको इतिहासमा पहिलो पटक खुला प्रतिस्पर्धाबाट करिव आठ महिना अघि नियुक्त भएकी प्रबन्धक निर्देशक राजभण्डारीले बर्षौदेखि रोकिएर रहेका कर्मचारी सम्बन्धी निर्णयहरु गुर्नका साथै सुस्तगतिमा रहेका फोरजी लगायतका प्रोजेक्टहरुलाई गति दिएकी हुन् ।
टेण्डर प्रक्रियामा हुनसक्ने चलखेलमा उनले कडाइ गरिदिएपछि त्यसबाट आत्तिएका केही भेण्डरहरु अख्तियारलगायत विभिन्न निकायमा उजुरी गर्न पुगेका थिए । अख्तियारले ती सबै उजुरीमा क्लिन चिट दिइसकेपछि उनीहरुले मिडियामा कामिनी राजभण्डारीको चरित्र हत्या हुने गरी पैसा पेलेर समाचार लेखाइरहेका छन् ।
यसरी समाचार लेखाउनमा टेण्डर खोल्दा ६÷७ नम्बरमा परेका र एक नम्बरमा पर्नेको भन्दा तीन गुणा बढी रकम कोट गर्ने भेण्डर रहेको विश्वस्त श्रोतले बताएको छ । सो स्रोतले उक्त टेण्डरसम्बन्धी कागजात पनि उपलब्ध गराएको छ । सो टेण्डर कामिनी राज भण्डारी प्रबन्ध निर्देशकमा नियुक्त हुनु अगाडिकै प्रबन्ध निर्देशकको पालामा भएको थियो । उनको पालामा यस्तै चलखेलका कारण निर्णय हुन सकेको थिएन । तर कामिनीराज भण्डारीले प्रोजक्टहरु समयमै सम्पन्न गर्ने उद्देश्यले नियुक्ति हुनासाथ आर्थिक नियम अनुसार निर्णय गरी सकेकी छिन् । यसरी नियमपूर्वक टेण्डर खोल्न थालेपछि आफ्नो स्वार्थ पूरा नभएका भेण्डरहरु कामिनीविरुद्ध आक्रामक बनेर खनिएका भन् भने उनीहरुले मुठो रकम पेल्दै केही पत्रिकाहरु र अनलाइनमा कामिनीराज भण्डारीको चरित्र हत्या हुने गरी उनीविरुद्ध समाचार निरन्तर प्रकाशन गर्न लगाइरहेका छन् । टेण्डर पाउनेले भन्दा तीन गुणा बढी रकम कोट गर्ने भेण्डरले लोभलालच माथिल्लो निकायबाट दबाब तथा धम्की दिए पनि टेण्डर नपाएपछि सो भेण्डर कामिनीराज र अरु सम्बन्धीत कर्मचारीविरुद्ध खनिएको हो । टेण्डर मुल्यांकनका क्रममा उक्त भेण्डरले पेस गरेको एक कागजात समेत नक्कली पाइएको थियो । ती भेण्डरले नेपाल टेलिकमकै टावरसम्बन्धी अर्को टेण्डरमा पनि अरुको भन्दा निकै बढी रकम कोट गरी पेश गरेका थिए । सो टेण्डर हात पार्नका लागि पनि उनले विभिन्न लोभ लालच, धम्की र दबाब दिएका छन् । ठुलो दबाब र धम्कीहरु आउन थालेपछि मूल्यांकन समितिमा नै विवाद उत्पन्न भए पछि उक्त टेण्डर रद्द गरिएको छ । त्यसपछि पनि कम्पनीले आव्हान गरेका अरु टेण्डरमा भाग लिँदा निजले अरु भन्दा निकै बढी रकम प्रस्ताव गर्ने तर माग बमोजिमका कागजात पेश नगर्ने बरु दबाब र दादागिरीको भरमा टेण्डर हत्याउन खोज्ने गरेको समाचार स्रोतले बताएका छन् । तर कम्पनीका प्रबन्धनिर्देशक र उनको टिमले नियमभन्दा बाहिर गएर स्वीकृत नगर्न अडान लिएको एक टेलिकमका कर्मचारीले आलोचना साप्ताहिकलाई बताए भने उनले थप्दै टेलिकममा आजसम्मका प्रबन्ध निर्देशक मध्येमा टेलिकमलाई माया गरी रातदिन नभनीकन खटेर र टेलिकमलाई माथि उठाउने काममा लागी पर्ने प्रबन्ध निर्देशक मैले कामिनी राजभण्डारीनै देखेको छु उनले आलोचना साप्ताहिकलाई बताए ।
रकम पनि अरु भन्दा धेरै गुण बढी कोट गर्ने र कागजात पनि माग अनुरुप पेस नगरेको कारण यसरी टेण्डर हात पार्न नसकेपछि उनी विभिन्न ठाउँमा उजुरी गर्न पुगेका थिए । उजुरी गर्दा पनि सम्बन्धित निकायले टेलिकमको निर्णयलाई सदर गरिदिए पछि उक्त भेण्डरका प्रमुख विक्षिप्त जस्तै बनेर टेलिकमको नेतृत्व र टेण्डर सम्बन्धी कार्यमा संलग्न कर्मचारी विरुद्ध प्रचारबाजीमा लागेका छन् । त्यसका लागि उनले ठुलो रकम खर्च गरेर कम्पनीकै केही असन्तुष्ट तथा भ्रष्ट कर्मचारी र मिडिया प्रयोग गरिरहेका छन् ।
उक्त भेण्डर र नेपाल टेलिकम भित्र रहेका उनका मतियारले नेपाल टेलिकमको भविष्य गाँसिएको फोरजी लगायतका विकासका काममा अवरोध गर्ने, बृत्ति विकास भएका कर्मचारीको बृत्ति विकासमा नै असर पर्ने गरी नियुक्ति पाएर जानुपर्ने नयाँ ठाउँमा जान हतोत्साही गर्ने कार्य गरी कम्पनीलाई नै अस्तव्यस्त बनाइ प्रतिस्पर्धी कम्पनी एनसेललाई लाभ पु¥याउने कार्य गरिरहेका छन् ।
मुलुकलाई सबैभन्दा बढी राजश्व बुझाउने र सबैभन्दा बढी नाफा कमाइरहेको नेपाल टेलिकमलाई अस्तव्यस्त पारी डुबाउनका लागि कम्पनीका केही स्वार्थी कर्मचारी र भेण्डर निरन्तर लागिरहेको जानकारी पाएपछि कम्पनीको नेतृत्व तहलाई माथिल्लो निकायबाट कडा कदम चाल्न निर्देशन भएको र त्यस अनुसार कारवाही अघि बढीसकेको बताइएको समाचार स्रोतले बताएको छ । उक्त भेण्डरलाई यस किसिमको गतिविधिमा निरन्तर संलग्न भएमा ब्ल्याकलिष्टमा राख्न र कम्पनीविरुद्धको गतिविधिमा लाग्ने कर्मचारीलाई कडा कारवाही प्रक्रिया थाल्न समेत निर्देशन भएको बुझिएको छ ।
नेपाल टेलिकमको नेतृत्व र अन्य केही इमान्दार कर्मचारीका विरुद्ध मिडियामा गलत सूचना उपलब्ध गराई प्रचारबाजी गराउन सघाउनेमा टेण्डर सम्बन्धमा उक्त भेण्डरलाई सघाउन प्रयास गर्ने केही उच्च तहका कर्मचारी र पूर्व प्रबन्ध निर्देशकको पालामा हालिमुहाली गरेर ब्रम्हलुट गर्ने दुईजना कर्मचारीहरु रहेको यस आलोचना साप्ताहिकलाई स्रोतले बताएका छन् । उक्त भेण्डरलाई यस किसिमको गतिविधिमा निरन्तर संलग्न भएमा ब्ल्याकलिष्टमा राख्न र कम्पनीविरुद्धको गतिविधिमा लाग्ने कर्मचारीलाई कडा कारवाही प्रक्रिया थाल्न समेत निर्देशन भएको बुझिएको छ ।
नेपाल टेलिकमको नेतृत्व र अन्य केही इमान्दार कर्मचारीका विरुद्ध मिडियामा गलत सूचना उपलब्ध गराई प्रचारबाजी गराउन सघाउनेमा टेण्डर सम्बन्धमा उक्त भेण्डरलाई सघाउन प्रयास गर्ने केही उच्च तहका कर्मचारी र पूर्व प्रबन्ध निर्देशकको पालामा हालिमुहाली गरेर ब्रम्हलुट गरी सबेका र हाल ठाउँ नपाई अन्य ठाउँमा गएका एक कर्मचारी र केन्द्रीय कार्यालयमै कार्यरत एक उच्च पदका पदाधिकारी गरी दुईजना कर्मचारी रहेको यस पत्रिकालाई स्रोतले बताएका छन् । ती कर्मचारीलाई पत्रिकामा सूचना उपलब्ध गराए वापत उक्त भेण्डरले मोटो रकम दिइरहेको बताइएको छ । यसरी नेपाल टेलिकमको नेतृत्व विरुद्ध कम्पनीकै कर्मचारीले समाचार लेखाउन थालेको थाहा पाएपछि प्रतिस्पर्धी कम्पनीले समेत ती दुईजना कर्मचारीलाई मोटो रकम भत्ता उपलब्ध गराउन थालेको छ ।
एनसेल र भेण्डरबाट तलब खाई आफूले काम गरेको कम्पनीविरुद्ध कुप्रचार गर्न मिडियामा पैसाको थैलो बोकेर हिँड्ने कर्मचारीको फोटोसहितको विवरण यस सञ्चारमाध्यमलाई प्राप्त भइसकेको छ । साथै नेपाल टेलिकमकै अन्य विभिन्न टेण्डर हत्याएर गुजारा गरिरहेको सो भेण्डरका विगतका काला कर्तुतहरु प्राप्त भइरहेका छन् । थप प्रमाण प्राप्त हुनासाथ कम्पनीका भ्रष्ट कर्मचारी र ती भेण्डरको सम्पूर्ण बायोडाटा र काला कर्तुत प्रकाशन गर्ने तयारी हामिले गरिरहेका छौं । यस्ता कर्मचारीहरुको भण्डाफोर गर्नु नै यस पत्रिकाको धर्म रहेको र पत्रकारिताको पनि यही धर्म हो जस्तो हामीलाई लागेको छ ।

Bhansar Bivag
Argakhachi Cement