डा.गोबिन्द के.सी.का माग तुरुन्त सम्बोधन गर ः परिवार दल

प्रकासित मिति: १६ मंसिर २०७३, बिहीबार ०४:२३

मङसिर १६ काठमाडौं । नेपाल परिवार दलले डा. गोविन्द केसीको मागको बारेमा सार्थक छलफल गरेर तुरुन्त माग सम्बोधन गर्न सरकारसंग माग गरेको छ । डा.केसीको स्वास्थ्य बिग्रदै गएको प्रति चिन्ता ब्यक्त गर्दै नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले डा. केसीको माग सरकारले हल्का रुपमा लिएर उहाँको ज्यान नै खतरामा पारेको बताएका छन् ।
अध्यक्ष ढकालले बिहिबार बिज्ञिप्त प्रकाशित गदै अब एकदिन पनि बिलम्ब नगरी डा. केसीका मागहरु सम्बोधन गर्नु बिल्म्ब नर्गन सरकारलाई आग्रह गरे । अध्यक्ष ढकालले राष्ट्रिय समस्याहरु प्रति गम्भीर हुन, राजनैतिक दलहरुबीचको दुरी घटाउन र निर्बाचनको बाताबरण तयार गर्न सरकारको ध्यानाकर्षण समेत गराएका छन् ।

Bhansar Bivag
Argakhachi Cement