नेपालका प्रजातान्त्रिक पार्टीहरु एक हुनैपर्छ
काठमाडौं । युनाइटेड स्टेट अफ अमेरिकाबाट एक महिने नेतृत्व बिकास सेमिनारमा सहभागि भएर डा.चन्दन रमन नेपाल फर्किएका छन् । अमेरिकी दुताबासको आयोजनामा भएको इन्टनेरशनल भिजिटर लिडरसिप कार्यक्रम अन्तराष्ट्रिय युवाहरुबीच आपसमा समन्वय गराउन नेपाल लगायत सार्क राष्ट्र तथा European राष्ट्रका बिभिन्न क्षेत्रमा नेतृत्व गरिरेहको युवा नेतृत्वहरुको सहभागिता रहेको थियो ।
बासिङटन डि.सीमा एम.सी.आई.डीले “Transparency And Accountabilty in Government”कार्यक्रमको आयोजना गरेको थियो । विश्वका उद्यमान युवाहरुको लागी यस्तो प्रकारको कार्यक्रम अमेरिकाले गदै आएको छ । सेमिनारमा सहभागीता पश्चात नेतृत्व क्षमतामा आमुल परिर्वतन भएको डा. रमनले बताए । उनले भने सेमिनारबाट सिकेको कुरा आफ्नो देशमा आएर सदुपयोग गर्ने र त्यसबाट निश्चीत नै सकारात्मक परिणाम निस्कने उनको बुझाई छ ।
नेपाल र अमेरीकाबीचको सम्वन्धलाई अझ प्रगाढ बनाउन अमेरिकी युवा तथा त्यहाँका कुटनितिज्ञहरु एकदमै सकारात्मक भएको बताउदै रमनले त्यसको लागि नेपालीको तर्फबाट नेपाली युवा एवम् कुटनितिज्ञहरुले अझ मेहनत गर्नु पर्ने बताए । प्रजातान्त्रिक सिद्धान्तको सहि अनुकरण अमेरिकामा भएको आफुले पाएको बताउँदै त्यसबाट नेपालका प्रजातान्त्रीक शक्ति हु भन्नेहरुले सिक्नुपर्नेमा जोड दिए ।
सेमिनारकै दौरानमा ‘होम अफ लिङकन‘ भन्ने ठाउँ springfield, Illinois का मेयर Jim Langfelder र सोही स्टेटका गर्भनर एवम state Treasurer सँग भेटघाट स्मरणिय रहेको डा.चन्दनले बताए । उनले नेतामा हुनुपर्ने शालिन चरित्रको अनुभूति ति नेताको भेटमा आफुले पाएको अनुभव सुनाए ।
सेमिनारको अवधिमा अमेरिकका प्रशिद्ध विश्वबिधालयका प्राध्यापक, कुटनितिज्ञ, राजनीतिकबिज्ञ तथा बिभिन्न क्षेत्रमा काम गरिरहेका संघ संस्थाका अध्यक्षहरुसँग पनि भेटघाट तथा अनुभव साटासाट गर्ने अवसर मिलेको थियो ।
नेपाललबाट युवा नेतृत्वको भूमिकामा आफुले सेमिनारमा सहभागि हुने अवसर दिएकोमा अमेरीकन दुताबासलाई आभार ब्यत्त गदै रमनले भने नेपाल र अमेरिकाको सम्बन्धलाई असर गर्न अन्तराष्ट्रिय तत्व लागि परिरहकोले नेपालका प्रजातान्त्रिक पार्टीहरु एक हुनुपर्नेमा जोड दिएका छन् । अहिले बदललिदो अन्तराष्ट्रिय राजनीतिक परिबेसमा अन्तराष्ट्रिय सम्बन्ध छिमेकी मुलुकसँग बलियो बनाउनका साथ साथै पश्चिमा मुलुकहरुसँग अझै बलियो र इमान्दार सम्बन्ध कार्यम गर्न राष्ट्रिय हितका लागि अत्यन्त जरुरी रहेको डा.रमनले बताए । काठमाण्डौ बिश्वबिद्यालय स्कुल अफ मेडिकल साईन्सका पूर्व स्वबीयु सभापति, Democratic movemnent for Nepal का महासचिव एवम ने.बि.संघ चिकित्सासास्त्र केन्द्रीय समन्वय समितिका संयोजक समेत रहेका डा. रमनले ७० बर्ष भन्दा अगाडि देखि नेपालको बिकास निर्माणमा अमेरिकी संस्थाहरुले महत्वूर्ण भूमिका खेलिरहेको बताए । USAID, Millenium challenge cooperation-Nepal, Ambasssador cultural Preservation Fund लगायतका संस्थाहरुले नेपालको दिगो बिकास एवम समृद्धिको लागि काम गरिरहेको आफुले अनुभव गरेको बताए ।
डा. रमनले नेपाल र अमेरिकाबीच झन्डै २०० बर्ष पुरानो एतिहासीक समबन्धलाई गहिरो अनुसरण गर्न र बलियो बनाउन पनि नेपाली युवा नेतृत्वलाई सेमिनारमा सहभागिता गराएको आफुले पाएको बताए । डा.रमनले आफुले एक महिना अमेरिकामा सिकेको कुरा नेपालका युहाहरुमा पनि कार्यक्रमको आयोजना नै गरेर सिकाउने तयारीमा रहेको बताए ।