डा. देवकोटाको निधन, श्रद्धाञ्जलिका लागिआज दिउँसो १ बजेसम्म न्युरो अस्पतालमा राखिने

प्रकासित मिति: ५ असार २०७५, मंगलवार ०१:१३

काठमाडौँ । वरिष्ठ न्युरोसर्जन डा.उपेन्द्र देवकोटाको सोमबार निधन भएको छ। बाँसबारीस्थित न्युरो हस्पिटलले विज्ञप्ति जारी गरी सोमबार साँझ ५ बजेर ३५ मिनेटमा उनको निधन भएको जानकारी दिएको छ।

उनको जन्म सन् १९५४ को १९ डिसेम्बरमा गोरखाको पन्डित गाउँमा भएको थियो।

डा. देवकोटाको पार्थिव शरीरलाई न्युरो अस्पतालको प्राङ्गणमा मंगलबार बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म राखिने र त्यसपछि पशुपति आर्यघाटमा लगिने छ । अ
डा. देवकोटाकी पत्नी डा.मधु दीक्षित देवकोटा र तीन छोरीहरु मेधा, वसुधा र मन्जरीले अन्तिम संस्कार गर्नेछन्।

हेपाली हाइटस्थित उनको निवासमा सात दिनसम्म अन्तिम संस्कारका परम्परागत कार्यहरु गरिने पनि अस्पतालले जनाएको छ।

बेलायतमा पाँच महिना लामो उपचारपछि डा. देवकोटा गत वैशाखमा नेपाल फर्केर बाँसवारीस्थित न्यूरो अस्पतालमा उपचार गराइरहेका थिए। उनी आफैले पनि आफू धेरै समय नबाँच्ने कुरा सार्वजानिक गरिसकेका थिए।

Bhansar Bivag
Argakhachi Cement