असार ५ काठमाडौँ । नेपाल परिवार दलले बरिष्ठ न्युरो सर्जन डा।उपेन्द्र देवकोटाको निधनले राष्ट्रलाई अपुरणीय क्षति भएको भन्दै पार्टीलाई स्तब्ध भएको जनाएको छ । दलका अध्यक्ष एकनाथ ढकालद्धारा जारी बिज्ञप्तिमा डा। देवकोटाले न्युरो सर्जरीका क्षेत्रमा प्राप्त गर्नुभएको उचाइँ कुनै एक व्यक्तिका लागि नभएर सिंगो नेपाल र नेपालीले गर्व गर्न लायक रहेको बताएका छन् ।
ढकालले बिज्ञप्ति मार्फत डा। देवकोटाले आफ्नो मातृभूमिप्रतिको यो अगाध प्रेम र समर्पण हामी सबैका लागि प्रेरणादायी रहेको जनाउँदै राष्ट बिकासमा लाग्ने प्रेरणा दिएको छ । डा देवकोटाले आफ्नो ज्ञान र सीपका माध्यमबाट हजारौँ मानिसहरुलाई जीवन दिएको स्मरण गदै देवकोटा हाम्राबीचमा नरहे पनि उहाँको अद्वितीय योगदान सदा नेपालीहरुले सम्झीरहने छन् ।
नेपालको सपुत, गोर्खाको सपुत, डा .देवकोटाले न्युरो सर्जरीका क्षेत्रमा प्राप्त गर्नुभएको उचाइँ कुनै एक व्यक्तिका लागि नभएर सिंगो नेपाल र नेपालीले गर्व गर्न लायक रहेको भन्दै परिवार दलले न्युरो विज्ञानका डायमण्ड डा. देवकोटाले जिबनको अन्तिम घडी सम्म देखाउनु भएको आफ्नो मातृभूमिप्रतिको प्रेमबाट धेरैकुरा सिक्न सकिने जनाएको छ । डा.देवकोटा भौतिक रुपमा हाम्राबीचमा नरहे पनि उहाँको अद्वितीय योगदान सदा नेपालीहरुले सम्झीरहने छन् र उहाँ अमर रही रहने भन्दै दलले दिबंगत आत्माको चिर शान्तिको कामना र शोकाकुल परिवारजन तथा समस्त सुभेच्छुक हरुमा इश्वरले धर्यधारण गर्ने क्षमता प्रदान गरुन भनि प्राथना गर्दछौं । दलले पछिल्लो समयमा डा. देबकोटा संग भएक ाकेहि राजनैतिक सहकार्य अविष्मरणनीय रहेको भन्दै देवकोटाले प्रदान गर्नु भएको मार्गनिर्देशन हाम्रो लागि अमुल्य सम्पति हुनेछ बिज्ञप्तिमा भनिएको छ ।
।