तङ्ग ईल मो दोको जिल्ला स्तरीय बेल्ट प्रोमोसन सम्पन्न

प्रकासित मिति: ७ आश्विन २०७५, आईतवार ०४:३९

झापा । तङ्ग ईल मो दो संघ नेपाल झापा शाखाको आयोजनामा राष्ट्रिय तथा अन्तर्रािष्ट्रय प्रतियोगिता बिजेता खेलाडी सम्मान तथा जिल्ला स्तरीय बेल्ट प्रोमोसन बिर्तामोडको एफ्सुलुट फुट्सलमा सप्पन्न भएको छ ।
संघका केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष राजेन्द्र पन्तको सभापतित्व ,झापा जिल्ला खेलकुद बिकास समिती अध्यक्ष शंकर थापाको प्रमुख आथित्यता र ईलाका प्रहरी कार्यलय बिर्तामोड प्रमुख प्रहरी नायब निरीक्षक कृष्ण प्रसाद कोइरालाको विशेष आथित्यता रहेकोे थियो ।

तङ्ग ईल मो दा खेल अरु खेल हरु भन्दा अनुसासित ,फरक र समय सान्दर्भिक रहेको अनुभुती भएको र यसको बिकासको लागि लागी पर्ने कार्यक्रमका बत्ताहरुले बताए । कार्यक्रम संयोजक एवम् संघका केन्द्रिय उपाध्यक्ष तथा अन्तर्रा्ष्ट्रिय प्रशिक्षक प्रकाश श्रेष्ठले कार्यक्रम माथि प्रकाश पार्दै यो खेल बिश्वमा खेलिने खेलहरुको उत्कृष्ट ,बैज्ञानिक ,समय सान्दर्भिक र परिस्कृत रहेकोमा जोड दिए ।
यसै कार्यक्रम को अवसरमा राष्ट्रिय खेलकुद परिषदबाट देश भरिकै उत्कृष्ट खेलकुद अध्यक्ष हुनुभएकोमा केन्द्र र जिल्ला कार्य समितिको तर्फबाट शंकर थापा लाई कदर पत्र प्रदान गरियोको कार्यक्रममा खेलाडी हरुले उत्कृष्ट कला प्रदर्शनी पनि गरिएका थिए ।
अतिथिहरुमा युनिर्भसल पीस फडेरेसन नेपाल प्रदेश १ प्रमुख नवराज दाहाल , संघका केन्द्रिय सदस्य अशोक कुमार चौधरी , लोक बहादुर गिरि,राम बहादुर लिम्बू, लेखनाथ गुरागाई, टक अफ वार जिल्ला अध्यक्ष तथा स्वस्तिका स्कुल निर्देशक बसन्त श्रेष्ठ , पाथीभरा स्कुल शिक्षक श्री खगेन्द्र राजबंशी , पुर्वान्चल दैनिक पत्रीका सह सम्पादक सुरेन्द्र भण्डारी , मेदानी प्रसाईं , अम्बिका पन्त ,सीता श्रेष्ठ रहनुभएको थियोे भने प्रशिक्षक हरु बिस्वजित गुरुङ , किसन चौधरी ,पुजा चौधरी , बिस्वास चौधरी र दुर्गा ठकुरी रहेका थिए । राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय प्रतियोगिता १५ बिजेता खेलाडीहरुलाई सम्मान गरियो जसमा १३० जना खेलाडी हरुको सहभागिता रहेको गरिमामय कार्यक्रमको सन्चालन नवीन दङ्गालले गर्नु भएको थियो ।

Bhansar Bivag
Argakhachi Cement