तन्त्र विज्ञान पुस्तक बिमोचन र सम्मान

प्रकासित मिति: ७ आश्विन २०७३, शुक्रबार १३:३४

ललितपुर । समाजमा तन्त्र विषयको नकारात्मक टिप्पणी र भ्रम सिर्जना भएकै बखत तन्त्र विज्ञान नामक पुस्तक वजारमा आएको छ । तन्त्रविद् डा. मिलनकुमार थापाद्वारा लिखित पुस्तक तन्त्र विज्ञान संस्कृति विद् सत्यमोहन जोशी, प्रा.डा वेणि माधव ढकाल र दक्षिण एशियाली ज्योतिष महासंघका अध्यक्ष लोकराज पौडेलले गत साता विमोचन गर्नुभयो । अन्धविश्वास र कुरीति भन्ने गरेको तन्त्रलाई यस पुस्तकले आम जनमानसमा झारफुक र ढ्याग्रो बजाउने मात्र नभई तन्त्र पद्धतिले सभ्य समाज र मानव हितका लागि सहयोग पु¥याउने लेखक डा. थापाले बताउनु भएको छ । नेपाली भाषामा तन्त्र सम्वन्धि ग्रन्थको अभाव अनि तन्त्र साधकहरु आफैं भ्रममा परिरहेको अवस्थामा यो पुस्तक तन्त्रको क्षेत्रमा कोसे ढुंगा सावित भएको र यो एक तन्त्र ग्रन्थकै रुपमा परिचित हुने पनि प्रा.डा वेणि माधव ढकालले टिप्पणी गर्नुभयो ।
कार्यक्रममा बरिष्ठ कलाकार एवं खेलाडी सुनिल कटुवाललाई संस्कृती संरक्षणमा गरेको योगदानको कदर गर्दै ताम्रपत्रले सम्मान गरिएको थियो । श्री हनुमान तन्त्र शिवशक्ति साधना तथा रिसर्च सेन्टर र मुनक्विन सिमसन फाउण्डेशनको आयोजना गरेको कार्यक्रममा फाउण्डेशनका संस्थापक द्धय मुनक्विन थापा र सिमसन थापाले विपन्न तथा जेहेन्दार विद्यार्थीलाई नगद सहयोग गर्नु भएको थियो भने अध्यात्म संगै अन्य क्षेत्रमा सेवा गर्नुहुने महानुभावहरुलाई समेत सम्मान प्रदान गरिएको थियो । कार्यक्रममा सहायक रथी बालकृष्ण कार्की, डीआईजी सुदिप आचार्य, एसएसपी मिलन बस्नेत, डीएसपी ईश्वर कार्की, प्रा.डा. प्रकास भट्टराई, समाजसेवी प्रल्हाद न्यौपाने, तन्त्र विज्ञान टेलिभिजन कार्यक्रमका निर्देशक कृष्णमुरारी पुडासैनी, समाजसेवी अग्नी पौडेल, न्यूरोलोजिष्ट सुरेश विश्वकर्मा लगाएत संस्कृती संरक्षणमा योगदान पु¥याउनेहरुलाई सम्मान गरिएको थियो । तन्त्र विना संस्कृति, पुजा पद्धति अनि हाम्रो धर्मकै अस्तित्व नहुने भएकाले यसलाई भावी पुस्ताले समेत ग्रहण गर्नुपर्ने र पुस्तकको माध्यमले त्यसको लागि प्रेरणा मिलेको कार्यक्रमका प्रमुख अतिथि संस्कृतिविद् सत्यमोहन जोशीले वताउनुभयो । पुस्तकका लेखक तन्त्रविद् डा. मिलनकुमार थापाले बोक्सीको आरोप, मानव वलि देखि तन्त्रको विषयलाई लिएर दिनानु दिन सञ्चार माध्यममा नकारात्मक समाचारले आफु दुखि भएको र सरकारले जिम्मा दिएमा पाँच वर्षमा त्यसलाई निमिट्यान्न पार्न सक्ने समेत क्षमता आफुमा भएको दावी गर्नुभयो । तन्त्रको नकारात्मक खवर मात्रले भ्रम सिर्जना भएको र तन्त्रको असल प्रभाव वारे कसैले खोजी नगरेकाले तन्त्रको यो हालत भएको पनि थापाले उल्लेख गर्नुभयो । पुस्तकका सम्पादक हरी सोडारीले तन्त्रसम्बन्धी यस्तो पुस्तक यस अघि कसैले नलेखेको बताउनु भयो ।
तन्त्र विज्ञान साच्चै सर्वसाधारणले पढ्न सक्ने

श्री हनुमान तन्त्र शिवसक्ति साधना तथा रिसर्च सेन्टरले प्रकासन गरेको तन्त्र विज्ञान साच्चै सर्वसाधारणले पढ्न सक्ने पहिलो तन्त्र, मन्त्र, यन्त्र र दिक्षा सम्बन्धी जानकारी दिएको पुस्तक हो भन्दा फरक नपर्ला । पछिल्लो समय तन्त्र पद्धती र तन्त्र बिद्यामा बृद्धदेखी युवा सम्मको आकर्षण बढ्दै गैरहेको छ । त्यसैले तन्त्र बिद्याका बिषयमा सबै सर्वसाधारणलाई सरल भाषामा जानकारी दिने उद्देश्यले तन्त्र बिज्ञान तयार पारेको लेखक डा. थापा बनाउनु हुन्छ । १८ वर्षदेखी तन्त्रका बिषयमा रुचीका साथ अध्ययन अनुसन्धान गर्दै आउनु भएका डा. थापाको पुस्तक साच्चै तन्त्र बिद्याको समग्र सार हो भन्दा फरक पर्दैन । अझ बाङ्गिय तान्त्रिक समाज तथा बिश्व ज्योतिस बिद्यापिठ, कलकत्ताबाट तन्त्र शास्त्रमा बिद्यावारिधी गर्दाको क्षण देखीनै उहाँले पुस्तक लेख्ने तयारी गरेर लामो प्रयासपछि पुस्तक प्रकासन गर्नु भएकोले यो निक्कै गहन देखिन्छ । २०७१ सालको कात्तिक महिनामा सीआईएनका कार्यक्रम प्रमुख दीपक आचार्य र डा. थापाले संयुक्तरुपमा लेखेको ज्ञानशाला पुस्तकको लोकप्रीयता बढेपछि झन उहाँ उत्प्रेरित हुनु भएछ । पाश्चात्य धर्म संस्कृतिलाई नेपालीहरुले प्राथमिकता दिएर हाम्रा धर्म संस्कृतिमा भएका तन्त्र बिद्या जस्ता महत्वपूर्ण बिषयलाई छोड्न थालेको अवस्थामा यो पुस्तक प्रकासन हुनु खुसीको कुरा हो । हिन्दु धर्मालम्बी र हिन्दुधर्मलाई नै मान्ने बौद्यमार्गी र ओमकार परिवारका साथै अन्य धर्मालम्बीहरुले पनि तन्त्रमा बिश्वास गर्ने गरेका छन् । पुस्तकमा तन्त्र, मन्त्र, यन्त्र र योगका बिषयहरुलाई सबैले बुझ्ने गरेर प्रस्तुत गर्ने प्रयत्न गरिएको छ ।
तन्त्र शिवबाट आएको हुनाले पनि शिबका बर्णन र उनै भोलेबाबा पसुपती नाथको बारेमा पनि बढि पुस्तक केन्द्रित भएको पाईयो । तन्त्र, मन्त्र र यन्त्रलाई राम्रोसँग नबुझ्दा यस देखी डराउने समस्या एकातिर छ भने अर्कोतिर यसको गलत प्रयोग पनि भैरहेको छ । यो पुस्तक अध्ययन गर्नेले यस्ता समस्याबाट मुक्ति पाउन सक्छ । समाजमा फैलिएको तन्त्र सम्बन्धी गलत धारणालाई समाप्त गर्न पनि यो पुस्तकले ठुलो भुमिका खेल्ने देखिन्छ ।
यस कृतिमा मन्त्रको महत्वलाई जोड दिदै मन्त्रको बिभिद पक्षलाई समेट्ने प्रयास गरेको पाईन्छ । साधना गर्ने तरिका र योग गर्ने तरिकाहरु पनि पुस्तकमा समेटिएका छन् ।

Bhansar Bivag
Argakhachi Cement