तान डोरि प्रतियोगितामा महेन्द्र मेमोरियल स्कुल प्रथम

प्रकासित मिति: २३ फाल्गुन २०७४, बुधबार १०:४७

सुनसरी फागुन २३ । तानडोरी संघ सुनसरी द्धारा आयोजना गरेको जिल्ल स्तरिय तान डोरि प्रतियोगिता संघका अध्यक्ष निश्चल राज शाक्य को अध्यक्षता र दुहबी नगरपालिकाका मेयर बेद गच्छदारको प्रमुख आतिथ्यमा शुरु भएको छ । संघ का केन्द्रीय उपाध्यक्ष डा.सुवस श्री पोख्रेलको बिशिस्ट आतिथ्य रहेको थियो भने बिशेश अतिथिमा तान डोरी संघ मोरङका अध्यक्ष सत्यनारायण चौधरी, त्यसै गरि दुहबी शास्त्र प्रहरी बलका प्रमुख कृष्ण बहादुर खत्री र तान डोरि संघका उपा अध्यक्ष अशोक कुमार चौधरी सहभागीता रहेको थियो ।
दुहबी रंगशालामा भएको जिल्ला स्तरीय तानडोरी प्रतियोगिता २०७४ मा सुनसरी र मोरङ का विभिन्न १४ वटा स्कुलको सहभागिता रहेको थियो। सहभागी स्कुलहरु महेन्द्र मेमोरियल स्कुल दुहबी , नरग्राम माध्यमिक बिधालय मोरङ , सरस्वती स्कुल दुहबी, कर्मबिर स्कुल बुढीगङ्गा, स्मृति स्कुल नेमुवा, माउन्ट मनासुली दुहबी, सन साईन स्कुल खनार, थर्ड आई बोर्डिङ स्कुल सोनापुर , दुहबी चिल्ड्रेन एकाडेमी दुहबी , हिमशिखा स्कुल भमरी र समिट महेन्द्र स्कुल धरान रहेको छन् ।

युवा तथा विद्यार्थीहरुमा सकारात्मक रुपान्तरणका लागि आयोजना गरिएको उक्त प्रतियोगिता मैत्रीपुर्ण , सामुहिक कार्यको बिकाश संगै मानसिक तथा शारीरिक बिकाशमा सहयोग पुर्याउनु रहेको छ। खेलमा महेन्द्र मेमोरियल स्कुल दुहबी ले उपाधी हात पार्न सफल भएको छ भने माउन्ट मनासुलीले दोस्रो उपाधी हासिल गरेको छ।
तानडोरी खेलमा एउटा समुहमा १० जना खेलाडी रह्ने छ भने खेलमैदान मा ८ जना खेलाडी खेलन पाउने र २ जना एस्ट्रा खेलाडी रह्ने छ। भोलि हुने खेलमा मोरङ बाट नरग्राम सेकेन्डरि स्कुल टंकी, स्मृति ईङलिश बोर्डिङ स्कुल नेमुवा, कर्म वीर माद्यामिक बिधालय सुक्चर र नारायणि स्कुल पनि सहभागी हुने जानकारी तानडोरी संघ मोरङका उपाध्यक्ष अशोक कुमार चौधरी ले जानकारी गराए ।

Bhansar Bivag
Argakhachi Cement